काठमाडौं, असार २६ । गणेश नेपालीको आत्मदाहको बिषयमा संसदलाई जानकारी दिन आफैले समय मागेर रोष्टममा पुग्नुभएको गृहमन्त्री सुधन गुरुङ एकाएक भक्कानिनु भएको छ । रोष्टममा पुगेपछि भक्कानिएर गला अवरुद्ध भएको हो ।
प्रतिनिधि सभाको शुक्रवारको बैठकमा आफैँले बोल्न समय मागेपछि गृहमन्त्री सुधन गुरुङलाई सभामुख डीपी अर्यालले बोल्न समय दिनुभयो । तर, संसदको रोष्ट्रममा उक्लेलगत्तै भावुक बनेका उनले केही बोल्न सकेनन् र उनको गला अवरुद्ध भयो ।
बिहीवार त्रिपुरेश्वरमा आत्मदाह गरेका युवा गणेश नेपालीको घटनालाई लिएर गृहमन्त्री भावुक बन्नुभएको हो । रोष्ट्रममा एक मिनेट जति उभिए पनि उहाँको मुखबाट कुनै शब्द निस्किएन । आँखामा आँसू रसाए । त्यसपछि उहाँ सरासर रोष्ट्रमबाट झरेर हलबाट बाहिरिनुभयो । गृहमन्त्रीको यो दृष्य देखेर सांसदहरू पनि भावुक बने, सवैका आँखा रसाए ।

गृहमन्त्री सुधन यसरी आँसुसहित नबोली हिँडेपछि सभामुख अर्याल निकै तनाव र अलमलमा पर्नुभयो । यो दृष्यपछि संसद सचिवालयका एक कर्मचारी बाहिर निस्किए । रास्वपाकी सचेतक क्रान्तिशीखा धिताल पनि बाहिर निस्कनुभयो । अझै पनि गृहमन्त्री नआएपछि कानूनमन्त्री सोविता गौतम संसदको बैठक कक्षबाट गृहमन्त्री भेटन जानुभयो ।
उहाँले नै गृहमन्त्री सुधनलाई भावनात्मकताका साथ फर्काएर ल्याउनु भयो । दोस्रो पटक रोष्ट्रममा उक्लिएपछि बल्ल गृहमन्त्रीले बोली फुट्यो । बोली फुटदा उहाँ गृहमन्त्रीका रुपमा नभई सामान्य नागरिकको रुपमा प्रस्तुत भएर सांसदलाई नै थर्काउनु भयो । आफ्नो मनको भडास पोख्दा गृहमन्त्रीले को को अस्पताल जानुभयो ? म गको थिईं भन्नेसम्मको भडास पोख्नुभयो।














प्रतिक्रिया दिनुहोस्