जनता टाइम्स

२७ असार २०८३, शनिबार ०९:४२

एकाबिहानै बुद्धनगरमा आत्मदाह प्रयास, उद्धार गरेर पुर्‍याइयो वीर अस्पताल


काठमाडौं, असार २७ । काठमाडौंको बुद्धनगरमा एकजनाले आत्मदाहको प्रयास गरेका छन् । शनिवार बिहान झिसमिसेमै ४५ वर्षीय आश्विन राउतले आफ्नौ शरीरमा आगो लगाएका हुन् ।

काठमाडौं प्रहरीका प्रवक्ता पवन भट्टराईले बिहान अन्दाजी सवा ६ बजे राउतले आफ्नै घरको भान्सा कोठामा आत्मदाहको प्रयास गर्नुभएको जानकारी दिनुभयो । उहाँका अनुसार राउतलाई प्रहरीले उद्धार गरेर उपचारका लागि वीर अस्पताल पुर्‍याएको छ । चिकित्सकका अनुसार राउतको शरीरको ५० प्रतिशत भाग जलेको छ ।

राउत श्रीमती र छोरासहित बुद्धनगरमा बस्दै आउनु भएको थियो । घटना भएको बेला उहाँकी श्रीमती र छोरा घरमा नरहेको पाइएको प्रहरी उपरीक्षक भट्टराईले बताउनु भयो । राउतले आत्मदाह प्रयासको कारण भने खुल्न नसकेको प्रहरीले जनाएको छ । छिमेकीका अनुसार शुक्रबार राउतको छोरासँग डिस्कस भएको सूचना पाइएको प्रहरीले जनाएको छ ।