काठमाडौं, असार २७। काठमाडौंको बुद्धनगरमा शनिबार बिहान आत्मदाह प्रयास गरेका ४५ वर्षीय आश्विन राउतको पनि निधन भएको छ ।
शनिवार बिहान आत्मदाह प्रयाश गरेका राउतको उपचारको क्रममा बीर अस्पतालमा निधन भएको प्रहरीले जनाएको छ । आफ्नै घरको भान्सा कोठामा आत्मदाह प्रयास गरेका राउतलाई तत्कालै प्रहरीले उद्धार गरेर वीर अस्पताल लगेको थियो ।
राउतलाई सघन कक्ष (आईसीयू) मा राखेर उपचार गरिएको थियो । राउतको केहीबेरअघि निधन भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईले जानकारी दिनुभएको छ । उहाँको शरीर ५० प्रतिशतभन्दा बढी जलेको थियो ।
राउतको निधनसँगै दुई दिनमा दोस्रो नेपालीका आत्मदाहबाट ज्यान गएको छ । यसअघि बिहीवार त्रिपुरेश्वरमा आत्मदाह गरेका मुगुका गणेश नेपालीको शुक्रवार निधन भएको थियो ।













प्रतिक्रिया दिनुहोस्