जनता टाइम्स

२८ असार २०८३, आईतवार १०:२४

फिफा विश्वकपको सेमिफाइनल समीकरण पूरा : उपाधिको होडमा सबै पूर्वविजेता


काठमाडौं, असार २८। फिफा विश्वकप २०२६ को सेमिफाइनल समिकरण पूरा भएको छ । आइतबार विहान भएको दुई क्वाटरफाइनल खेलपछि सेमिफाइनल खेल्ने चारै टोलीको टुङ्गो लागेको हो ।

आइतबार विहान भएको खेलमा जित निकाल्दै इंग्ल्यान्ड र अर्जेन्टिनाले सेमिफाइनलमा स्थान बनाएका छन । यही दुई टोलीबीच सेमिफाइनलमा भिडन्त हुनेछ ।

आइतवार भएको खेलमा इंग्ल्यान्ड एक गोलले पछि परेपनि त्यसलाई उल्टाउँदै अतिरिक्त समयमा नर्वेलाई २-१ ले पराजित गरेको हो । यस्तै साविक विजेता अर्जेन्टिनाले स्विट्जरल्यान्डलाई अतिरिक्त समयमा ३-१ ले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको हो । यसअघि नै दुई फ्रान्स र स्पेनले सेमिफाइनलमा स्थान बनाइसकेका छन् ।

फ्रान्सले मोरक्कोलाई २-० ले पराजित गर्दै लगातार तेस्रो पटक विश्वकपको सेमिफाइनलम स्थान बनाएको हो । स्पेनले बेल्जियमलाई २(१ ले हराउदै सन् २०१० पछि विश्वकपको सेमिफाइनल प्रवेश गरेको हो । सेमिफाइनल पुग्ने चारै टिमपूर्व विजेता हुन् । साविक विजेता अर्जेन्टिना ३ पटकको विजेता हो भने फ्रान्सले २ तथा इंग्ल्यान्ड र स्पेनले समान १ पटक उपाधि जितेका छन् ।

चारै सेमिफाइनलिस्ट फिफा वरियताको पनि शीर्ष चार स्थानमा छन् । साविक विजेता अर्जेन्टिना शीर्ष स्थानमा छ भने स्पेन दोस्रो, फ्रान्स तेस्रो र इंग्ल्यान्ड चौथो स्थानमा रहेको छ । नर्वे र स्विटरल्यान्ड सेमिफाइनलमा पराजित भएपछि विश्वकपमा नयाँ टिम विजेता नबन्ने पक्का भएको हो ।

अब पहिलो सेमिफाइनलमा फ्रान्स र स्पेनबीच असार ३१ गते अमेरिकाको डालास स्टेडियममा हुनेछ । सेमिफाइनलखेल नेपाली समय अनुसार विहान पौने १ बजे सुरु हुनेछ ।

यस्तै इंग्ल्यान्ड र बीचको दोस्रो सेमिफाइनल असार ३२ गते बिहीबार अमेरिकाकै एटलान्ट स्टेडियममा हुनेछ । यो खेल पनि नेपाली समय अनुसार विहान पौने १ बजे सुरु हुनेछ । सेमिफाइनलका विजेता टिमले साउन ४ गते अमेरिकाको न्युयोर्क न्यु जर्सी स्टेडियममा फाइनल खेल्नेछन् ।