जनता टाइम्स

२८ असार २०८३, आईतवार १५:१६

आत्मदाह गरेका गणेश नेपालीका परिवारलाई मध्यराती सिडीओले धम्क्याएपछि


काठमाडौं, असार २८ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी (सिडीओ) इश्वरराज पौडेलले आत्मदाह गरी प्राण त्यागेका मुगुका गणेश नेपालीको परिवारलाई मध्यराती धम्की दिएको खुलासा भएको छ ।

गणेशको आत्मदाह प्रकरणमा आन्दोलनरत पीडित पक्ष र सरकारी टोलीबीच जिल्ला प्रशासन कार्यालय काठमाडौंमा भएको बार्तामा मध्यराती सिडीओ पौडेलले ‘सरकारले ठेगान लगाइदिन्छ’ भन्दै पीडित पक्षलाई नै धम्याउनु भएको हो ।

नेपाली आत्महत्या प्रकरणमा आन्दोलनरत पीडित पक्ष र सरकारबीच शनिवार बुलुकाबाट रातभर १४ घण्टा लामो वार्ता भएको थियो तर बार्तामा कुनै सहमति जुटन सकेन । आज फेरि वार्तालाई निरन्तरता दिइने दुवै पक्षले बताएका छन् । शनिवार बेलुकी सुरू भएको वार्ता रातभर चलेको थियो ।

वार्तामा सरकार पक्षबाट प्रधानमन्त्रीका प्रेस विज्ञ दीपा दाहाल र सचिवालय सदस्य सञ्जीव पाण्डे, काठमाडौंका प्रमुख जिल्ला अधिकारी पौडेल, काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलगायत सहभागी हुनुभएको थियो ।

नगर प्रहरी तथा ट्राफिक प्रहरीलाई पक्राउ गरी ज्यान मुद्दा चलाउनुपर्ने, गणेश नेपालीलाई नेपालको पहिलो डिजिटल राइडर श्रमिक शहीद घोषणा गर्नुपर्ने, घटनास्थललाई ‘शहीद गणेश नेपाली चोक’ नामांकण गर्नुपर्ने जस्ता मागमा पनि सहमति जुटेको छैन । वार्ताका क्रममा सिडीओले ठेगान लगाउने धम्की दिएपछि दुई पक्षबीच चर्काचर्कीसमेत भएको छ ।

पीडित पक्षका अनुसार वार्ताका क्रममा सरकारले मृतक परिवारलाई १५ लाख क्षतिपूर्ति दिन तयार भएको छ । तर, संसदीय छानबिनको साटो सरकारअनुकुल प्रतिवेदन लेख्ने गरी प्रशासनिक छानबिन गर्ने योजना राखेको छ । मृतकको पत्नीलाई रोजगारी र छोराछोरीलाई निःशूल्क शिक्षा दिलाउने कुरामा पनि सरकारी प्रतिनिधि सकारात्मक छन् । यद्यपि यी विषयहरुलाई काठमाडौं महानगरको जिम्मामा छोडेर सरकार पन्छिन खोजेको छ ।

नगर प्रहरी तथा ट्राफिक प्रहरीलाई पक्राउ गरी ज्यान मुद्दा चलाउनुपर्ने, गणेश नेपालीलाई नेपालको पहिलो डिजिटल राइडर श्रमिक शहीद घोषणा गर्नुपर्ने, घटनास्थललाई ‘शहीद गणेश नेपाली चोक’ नामांकण गर्नुपर्ने जस्ता मागमा पनि सहमति जुटेको छैन । वार्ताका क्रममा सिडीओले ठेगान लगाउने धम्की दिएपछि दुई पक्षबीच चर्काचर्कीसमेत भएको छ ।

पीडित पक्षले महानगरको कार्यपालिका बैठकले निर्णय गर्ने वा नगर्ने भन्ने अन्योल रहेकाले नेपाल सरकारले औपचारिक रूपमा जिम्मेवारी नलिएसम्म कुनै सहमति नहुने अडान राखेका छन् । वार्ता समितिमा रहेका पठाओ राइडर प्रतिनिधि नवराज न्यौपानेले वार्ताका क्रममा प्रमुख जिल्ला अधिकारीबाट दबाब र धम्कीपूर्ण व्यवहार भएको आरोप लगाउनु भयो ।

पीडित पक्षले मृतकका बिरामी बुवाआमा र श्रीमतीलाई रातभर जिल्ला प्रशासन कार्यालयमै राखिएको तथा आफन्तहरूलाई सहमतिमा हस्ताक्षर गर्न दबाब दिइएको खुलासा पनि उहाँले गर्नुभएको छ । पीडित पक्षले निष्पक्ष छानबिन, दोषीमाथि कानुनी कारबाही र न्याय सुनिश्चित नभएसम्म आन्दोलनलाई अझ सशक्त बनाउने चेतावनी दिएको छ ।

मृतकका परिवारसँग सहमति नहुँदा गणेश नेपालीको अन्त्येष्टि हुन सकेको छैन । परिवारले माग पूरा नभएसम्म लास नउठाउने अडान लिएको छ । परिवारको अडानको कारण गणेशको शवलाई सहमतिबिनै सरकारले वीर अस्पतालबाट निकालेर टिचिङमा राखिएको छ । सो काममा पनि सिडीओ पौडेल आफै सहभागी हुनुभएको थियो ।