काठमाडौं, असार २९ । न्यायका विषयमा गृहमन्त्रीसँग प्रत्यक्ष भेट गरी आफ्ना कुरा राख्न नपाएको भन्दै निहारिका राजपुत र बिनु यादवले सोमबार सिंहदरबारको दक्षिण गेट बाहिर धर्ना दिएका छन्।
निषेधित क्षेत्रमै सडकमा बसेर उनीहरूले न्यायको माग गर्दै विरोध जनाएका हुन्। धर्नापछि प्रहरीले दुवै जनालाई सिंहदरबारको दक्षिण गेट अगाडिबाट हटाएर नजिकैको सुरक्षित स्थानमा राखेको छ।
निहारिका राजपुतले यसअघि शिवराज श्रेष्ठविरुद्ध बलात्कारको आरोपमा मुद्दा दायर गरेकी थिइन्। उक्त मुद्दामा २०७९ माघ १७ गते जिल्ला अदालत धनुषाका न्यायाधीश ब्रजेश प्याकुरेलको रोहबरमा मुलुकी देवानी कार्यविधि संहिता, २०७४ को दफा १९३ (४) बमोजिम दुवै पक्षबीच मिलापत्र भएको थियो।
बिनु रामेछापका प्रदीप कठायतसँग सम्बन्धविच्छेद विरुद्ध मुद्दा लड्दै छिन् ।
धर्नामा बसेका निहारिका र बिनुले न्यायका विषयमा गृहमन्त्रीसँग प्रत्यक्ष भेट गरी आफ्ना समस्या तथा माग राख्न खोज्दा भेटको अवसर नदिइएको दाबी गरेका छन्।
उनीहरूको धर्नापछि सिंहदरबारको दक्षिण गेट आसपासमा सुरक्षा व्यवस्था कडा पारिएको प्रहरीले जनाएको छ।













प्रतिक्रिया दिनुहोस्