काठमाडौं, असार २९ । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले सञ्चार प्रतिष्ठानको बाटो अवरुद्ध हुने गरी रहस्यमय रूपमा गाडी पार्किङ गरिएको घटनाप्रति गम्भीर आपत्ति जनाउनुभएको छ।
उहाँले उक्त गतिविधिलाई सञ्चारमाध्यम तथा समाजलाई भयभीत बनाउने प्रयासका रूपमा टिप्पणी गर्नुभएको छ। सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै महासचिव पोखरेलले ‘विनाशकाले विपरीत बुद्धि’ भन्ने उक्ति उल्लेख गरी घटनाप्रति असन्तुष्टि व्यक्त गर्नुभएको हो। “सञ्चार प्रतिष्ठानको बाटो छेक्ने गरी रहस्यमय गाडी पार्किङ !? सञ्चारमाध्यम र समाजलाई भयभीत बनाउने बचकना खेल !!” उहाँले उल्लेख गर्नुभएको छ।
महासचिव पोखरेलको उक्त अभिव्यक्तिले सञ्चार प्रतिष्ठानको आवागमनमा अवरोध सिर्जना गर्ने गरी गरिएको गाडी पार्किङप्रति प्रश्न उठाएको छ। उहाँले यस्तो गतिविधिलाई सामान्य घटनाका रूपमा मात्र नलिई सञ्चार क्षेत्र र समाजमा भय सिर्जना गर्ने प्रयासका रूपमा चित्रण गर्नुभएको छ।
घटनाको विस्तृत विवरण तथा गाडी पार्किङ गर्नुको कारणबारे सम्बन्धित निकायबाट आधिकारिक जानकारी सार्वजनिक भइसकेको छैन।













प्रतिक्रिया दिनुहोस्