काठमाडौं, असार ३० । सर्लाहीको गोडैताका विवेक मण्डलको पनि उपचार क्रममा मृत्यु भएको छ । असार २५ गते आत्मदाहको प्रयास गरेका मण्डलको कीर्तिपुर बर्न अस्पतालमा उपचारका क्रममा गएराती दुई बजे निधन भएको हो ।
मण्डललाई शुक्रबार नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको थियो । सर्लाहीको गोडैता नगरपालिका–१० सिसौटियाका ३४ वर्षीय मण्डलले बिहीबार दिउँसो घरबाट निस्किएपछि सडकमा पुगेर शरीरमा पेट्रोल खन्याई आगो लगाएको प्रहरीले जनाएको छ ।
उहाँलाई प्रादेशिक अस्पताल मलंगवामा सामान्य उपचारपछि थप उपचारका लागि हेलिकोप्टरमार्फत काठमाडौं ल्याइएको थियो । यसअघि त्रिपुरेश्वरमा आत्मदाहको प्रयास गरेका गणेश नेपाली र शंखमुलका आश्विन राउतको पनि मृत्यु भइसकेको छ ।













प्रतिक्रिया दिनुहोस्