काठमाडौं, असार ३१। सिंहदरबार अगाडि प्रदर्शनमा उत्रिएका नेकपा (एमाले) निकट विद्यार्थी संगठन अनेरास्ववियुका नेता तथा कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ।
‘राज्य आतंक बढेको’ भन्दै विरोध प्रदर्शनमा उत्रिएका अनेरास्ववियुका नेता तथा कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको संगठनले जनाएको छ।
अनेरास्ववियुका अनुसार पक्राउ पर्नेमा अध्यक्ष दीपक धामी, निर्वाचन आयोग अध्यक्ष जितप्रसाद सिटौला, सचिवालय सदस्य विशाल खड्का, उपत्यका विशेष बागमती प्रदेश संयोजक रवि मगर, केन्द्रीय सदस्य विष्णु उपरकोटी, कानून राष्ट्रिय कमिटी सचिव सुदीप थापा र सिरिस बुढाथोकी रहेका छन्।
सिंहदरबार अगाडि प्रदर्शन गरिरहेका बेला प्रहरीले उनीहरूलाई पक्राउ गरेको अनेरास्ववियुले जनाएको छ।
पछिल्लो समय राज्यबाट ‘आतंक बढेको’ आरोप लगाउँदै अनेरास्ववियु विरोधमा उत्रिएको हो। प्रदर्शनका क्रममा पक्राउ परेका नेता तथा कार्यकर्ताबारे थप विवरण आउन बाँकी छ।













प्रतिक्रिया दिनुहोस्