जनता टाइम्स

३१ असार २०८३, बुधबार १८:४६

न्यायाधीशको सम्पत्ति विवरण नमाग्न सर्वोच्चको अन्तरिम आदेश


काठमाडौं, असार ३१ । सर्वोच्च अदालतले सेवा निवृत्त तथा बहालवाला न्यायाधीशहरूको सम्पत्ति विवरण नमाग्न अन्तरिम आदेश जारी गरेको छ।

पूर्व न्यायाधीश फोरमका अध्यक्ष टोपबहादुर सिंहले दायर गर्नुभएको रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश नृपध्वज निरौलाको एकल इजलासले उक्त अन्तरिम आदेश जारी गरेको हो।

सिंहले न्यायाधीशहरूको सम्पत्ति विवरण माग गर्न नमिल्ने जिकिर गर्दै सम्पत्ति छानबिन आयोगविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गर्नुभएको थियो। उहाँले आयोगको कदम रोक्न अन्तरिम आदेशको माग गर्नुभएको थियो।

सोही रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै सर्वोच्च अदालतले सेवा निवृत्त वा बहालवाला न्यायाधीशको सम्पत्ति विवरण नमाग्न अन्तरिम आदेश दिएको हो।