काठमाडौं, असार ३२ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पूर्वअर्थमन्त्री तथा नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेलसहित ६ जना व्यक्ति र १० वटा कम्पनीविरुद्ध विशेष अदालतमा सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा दायर गरेको छ।
विभागका अनुसार व्यवसायी दीपक भट्टको सम्पत्ति शुद्धीकरणसम्बन्धी गतिविधिमा संलग्न भई मतियारको भूमिका खेलेको आरोपमा पौडेलसहित अन्य प्रतिवादीविरुद्ध मुद्दा दायर गरिएको हो।
विभागले विष्णु पौडेलविरुद्ध २० करोड ९० लाख रुपैयाँ बिगो मागदाबी गरेको छ। साथै उहाँको बैंक खातामा रहेको ६ लाख ३४ हजार रुपैयाँ जफत गर्नसमेत विशेष अदालतसँग माग गरेको छ।
उक्त मुद्दामा पौडेलसहित ६ जना व्यक्ति तथा १० कम्पनीलाई प्रतिवादी बनाइएको विभागले जनाएको छ। विशेष अदालतले अब मुद्दा दर्ता गरी कानुनी प्रक्रिया अगाडि बढाउनेछ।













प्रतिक्रिया दिनुहोस्