जनता टाइम्स

६ पुष २०७६, आईतवार १०:०९

अपहरणमा परेकी भनिएकी ठाटीकाँघ गाउँपालिका अध्यक्षकी पत्नी सकुशल फेला, अध्यक्षको अवस्था अज्ञात


दैलेख, पुष ६

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताबाट अपहरणमा परेका भनिएका ठाटीकाँध गाउँपालिका अध्यक्ष धिरबहादुर शाहीकी श्रीमती इला मल्ल शाही सकुुशल भेटिनु भएको छ ।

गएराति साढे १२ बजेतिर अपहरणमा परेको खवर सार्वजनिक भईरहँदा इलालाई आज विहान सकुशल भेटिएको हो । वडा नम्बर १ का अध्यक्ष नर्तमबहादुर बुढाले इला सकुशल भेटिएको जानकारी दिनुभयो । गाउँपालिकाको उत्तरतर्फ पर्ने कालीकोटको सिमाना नजिक भर्ता लेकको आसपासमा उहालाई फेला पारिएको वडाध्यक्ष बुढाले बताउनु भयो ।

अध्यक्ष शाहीलाई कालीकोटतर्फ लिएर गएको अनुमान गरिएको छ । यद्यपी इलासँग पनि राम्रोसंग कुरा नभएको घटना के हो भनेर अहिलेसम्म खुल्न नसकेको प्रहरीले जानकारी दिएको छ ।