जनता टाइम्स

३ श्रावण २०८३, आईतवार १३:४२

सदनमा सांसदको भूमिका प्रभावकारी बनाउन विशेष काम गर्दै एमाले, पद्माले राखिन् खाका


काठमाडौं, साउन ३ । नेकपा (एमाले) संसदीय दलकी उपनेता तथा सचिव पद्माकुमारी अर्यालले संसदमा पार्टीका सांसदहरूको भूमिका अझ प्रभावकारी बनाउन विषयगत तथा क्लस्टरगत छलफलसहित प्रशिक्षण कार्यक्रम सञ्चालन गरिने बताउनु भएको छ ।

एमाले ससदीय विभाग प्रमुखसमेत रहनुभएका उपनेता अर्यालले आइतबार पार्टी कार्याल्यमा आयोजित कार्यक्रममा यस्तो जानकारी दिनुभएको हो । उहाँले सदनको सांसदहरूको भूमिका प्रभावकारी बनाउनको लागि निकट भविष्यमै क्लस्टर र एजेन्डा तथा विभिन्न मुद्दाका आधारमा छलफल आयोजना गरिने बताउनु भयो ।

एमाले अध्यक्ष केपी शर्मा ओली प्रमुख अतिथी रहनुभएको कार्यक्रममा विभाग प्रमुख अर्यालले भन्नुभयो, ‘सदनमा सांसदको भूमिका प्रभावकारी बनाउन ‘इस्यु कलेक्सन सेन्टर’ स्थापना गर्छौं ।’
उहाँले सांसदहरूलाई तथ्यमा आधारित सामग्री उपलब्ध गराउन ‘इस्यु कलेक्सन सेन्टर’ समेत स्थापना गर्ने तयारी भइरहेको प्रष्ट पार्नुभयो ।

सांसदहरूले प्रभावकारी रूपमा धारणा राख्न तथ्यपरक विषयवस्तु आवश्यक पर्ने भएकाले त्यसका लागि आवश्यक सामग्री संकलन र व्यवस्थापन गरिने उहाँको भनाई छ । कार्यक्रममा सदनमा प्रभावकारी भूमिका खेल्ने बिषयमा अध्यक्ष ओली र महासचिव शंकर पोखरेलले प्रशिक्षण दिने कार्यक्रम रहेको छ ।