काठमाडौं, पुष ६
काठमाडौंको हिरासतबाट आज विहान एक थुनुवा फरार भएका छन् । महानगरीय प्रहरी वृत कीर्तिपुरको हिरासतबाट एक थुनुवा विहानै फरार भएका हुन् ।
प्रहरीका अनुसार विहान पाँच बजेतिरको समयमा शौच गर्ने बहानामा थुनुवा रिजन थापा क्षेत्री भागेका हुन् । हिरासतबाट थुनुवा भागेको र उनको खोजी भइरहेको कीर्तिपुरका डिएसपी छेदिलाल कामतीले जानकारी दिनुभयो । प्रहरीले घटनाका बारेमा थप अनुसन्धान समेत शुरु गरेको छ ।
प्रतिक्रिया दिनुहोस्