जनता टाइम्स

४ श्रावण २०८३, सोमबार १७:४५

प्रधानमन्त्री बालेन भन्थे मनोज श्रीमानको सबैभन्दा अब्बल कार्यसम्पादन, तथ्यांकले देखायो सबैभन्दा कम


काठमाडौं, साउन ४ । प्रधानन्यायाधीश डाक्टर मनोज शर्मा नै सबैभन्दा कम मुद्दा फर्स्यौट गर्ने न्यायाधीशको सूचीमा देखिनुभएको छ । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) र उहाँको भूमिगत समूहले सबैभन्दा बढी मुद्दा फर्स्यौट गरेको झुटो प्रचार गरी प्रधानन्यायाधीश बनाए पनि शर्मा अन्तिमबाट पहिलो नम्बरमा पर्नुभएको तथ्याङ्कले देखाएको छ ।

सर्वोच्चले तयार गरेको गत वर्षमा न्यायाधीशहरूले गरेको न्याय निरूपणको विवरणमा यस्तो देखिएको हो । विवरणअनुसार सर्वोच्च अदालतमा गत आर्थिक वर्षमा पूर्वप्रधानन्यायाधीश प्रकाशमानसिंह राउत र वर्तमान प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले अन्य न्यायाधीशहरूको तुलनामा सबैभन्दा कम मुद्दा फर्स्यौट गर्नुभएको छ ।

मुद्दा फैसलाको अनुपात हेर्दा गत आर्थिक वर्षमा सर्वोच्च अदालतमा काम गरेका २० न्यायाधीशमध्ये पूर्वप्रधानन्यायाधीश राउतले दैनिक ३ दशमलव ५३ मुद्दा मात्रै फैसला गर्नुभएको छ । राउतपछि प्रधानमन्त्री बालेन र उहाँको समूहले सबैभन्दा बढी मुद्दा फैसला गरेको भनेर दावा गरेका प्रधानन्यायाधीश डा. मनोजकुमार शर्मा सबैभन्दा कम मुद्दा फैसला गर्ने न्यायाधीशमा पर्नुभएको छ ।

शर्माले दैनिक ५ दशमलव ७९ मुद्दा मात्रै फैसला गर्नुभएको तथ्याङ्कले देखाएको हो । गतवर्ष सर्वोच्च अदालतका २० न्यायाधीशहरूले मुद्दा, रिट एवं विभिन्न खालका निवेदनहरू गरी करिब साढे २४ हजार मुद्दाको फैसला गरेका छन् । सर्वोच्चको तथ्यांक अनुसार शर्मासहित वर्तमान र निवर्तमान प्रधानन्यायाधीशहरू सबैभन्दा कम अनुपातमा मुद्दा फैसला गर्ने न्यायाधीशमा पर्नुभएको हो ।

सर्वोच्चका अनुसार गत वर्ष अवकाशप्राप्त न्यायाधीश डा. कुमार चुडाल भने सर्वोच्च अदालतमा सबैभन्दा बढी मुद्दा फर्स्यौट गर्ने न्यायाधीश बन्नुभएको छ । न्यायाधीश चुडालले दैनिक ९ दशमलव ५ वटाका दरले मुद्दा फर्स्यौट गर्नुभएको छ । चुडाल अनुपातको हिसाबले सबैभन्दा मुद्दा फर्स्यौट गर्ने न्यायाधीश बन्नुभएको हो । न्यायाधीश चुडाल अवकाशमा गइसक्नुभएको छ ।

प्रधानमन्त्री बालेन नेतृत्वको संवैधानिक परिषद्ले डा. मनोज शर्मालाई प्रधानन्यायाधीशमा सिफारिस गर्दा सबैभन्दा बढी मुद्दा फैसला गर्ने विवरणलाई मुख्य आधार मानिएको र सोहीअनुसार उहाँलाई सिफारिस गरिएको जिकिर गरेको थियो ।  यो तथ्याङ्कले प्रधानमन्त्री बालेन र उहाँको टिमले हाकाहाकी झुटो बोलेको र न्यायालयमाथि धावा बोल्न यस्तो काम गरेको पुष्टि भएको छ ।

बालेन समूहको सो झुटो प्रचारको दमलाई सोमबार तयार पारिएको सर्वोच्चकै प्रतिवेदनले ऐना देखाएको हो । सर्वोच्चको विवरण हेर्दा दैनिक अनुपातमा शर्मा सबैभन्दा कम मुद्दा फैसला गर्ने दोस्रो न्यायाधीशको सूचीमा पर्नुभएको हो । सर्वोच्च अदालतले गत आर्थिक वर्षभर कार्यरत न्यायाधीशहरूले निरूपण गरेको मुद्दाहरूको सङ्ख्या र उनीहरूले काम गरेको दिनको अनुपातका आधारमा उनीहरूले दैनिक रूपमा छिनेको मुद्दाको अनुपात सार्वजनिक गरेको हो ।

जसअनुसार चुडालपछि न्यायाधीश टेकप्रसाद ढुङ्गानाले दैनिक ९ दशमलव ४४ प्रतिशतका दरले मुद्दा फैसला गर्नुभएको छ । सङ्ख्याका आधारमा मात्रै मुद्दा फैसलाको हिसाबले ढुङ्गानाले सबैभन्दा बढी अर्थात् १९ सय ३६ मुद्दा फैसला गर्नुभएको छ ।

बालेन समूहको सो झुटो प्रचारको दमलाई सोमबार तयार पारिएको सर्वोच्चकै प्रतिवेदनले ऐना देखाएको हो । सर्वोच्चको विवरण हेर्दा दैनिक अनुपातमा शर्मा सबैभन्दा कम मुद्दा फैसला गर्ने दोस्रो न्यायाधीशको सूचीमा पर्नुभएको हो । सर्वोच्च अदालतले गत आर्थिक वर्षभर कार्यरत न्यायाधीशहरूले निरूपण गरेको मुद्दाहरूको सङ्ख्या र उनीहरूले काम गरेको दिनको अनुपातका आधारमा उनीहरूले दैनिक रूपमा छिनेको मुद्दाको अनुपात सार्वजनिक गरेको हो 

यस्तै न्यायाधीश श्रीकान्त पौडेलले दैनिक ८ दशमलव ४५ वटा मुद्दाहरू फैसला गर्नुभएको छ । सङ्ख्याका हिसाबले सबैभन्दा बढी मुद्दा फैसला गर्ने दोस्रो न्यायाधीश उहाँ देखिनुभएको छ । पौडेलपछि न्यायाधीश तिलप्रसाद श्रेष्ठले दैनिक ८ दशमलव ०४ को सङ्ख्यामा मुद्दा फैसला गर्नुभएको छ ।

दैनिक मुद्दा टुङ्ग्याउने अनुपातका आधारमा हेर्दा श्रेष्ठपछि न्यायाधीश हरि फुयाँल, सपना प्रधान मल्ल, कुमार रेग्मी, महेश शर्मा पौडेल, शान्तिसिंह थापा, अब्दुल अजीज मुसलमान हुनुहुन्छ ।
सर्वोच्चका २० न्यायाधीशहरूले गरेको काम र मुद्दाको अनुपात हेर्दा हरेक न्यायाधीशहरूले औसतमा दैनिक ७ दशमलव ३७ वटा मुद्दा फैसला गरेको देखिन्छ । जसमध्ये ९ जना न्यायाधीशले मात्रै औसतभन्दा बढी मुद्दा फैसला गरेको देखिन्छ ।

सर्वोच्च अदालतले तल्ला तहबाट पुनरावेदनका क्रममा आएका मुद्दादेखि असाधारण अधिकारक्षेत्र अनुसार परेका रिट निवेदनहरूको सुनुवाइ गर्छ । त्यसबाहेक दोहोर्याउने वा पुनरावेदनको अनुमति, एकल इजलासले टुङ्ग्याउने निवेदन र अरू फुटकर निवेदनहरूमा समेत न्यायाधीशहरूले न्यायनिरुपण गर्छन् ।

न्यायाधीशहरूले वर्षभरी अदालतमा काम गरेको दिन र उनीहरूले गरेको फैसलाको कुल सङ्ख्यालाई हिसाब गरेर प्रतिदिन फैसला गरेको मुद्दाको अनुपात निकालिन्छ । त्यो आधारमा हेर्दा वर्तमान र निवर्तमान प्रधानन्यायाधीशहरू सबैभन्दा कमजोर कार्यसम्पादनमा देखिनुभएको हो ।

मुद्दाको अनुपातमा शर्मा सबैभन्दा पुछारमा रहँदा न्यायाधीशका रूपमा उहाँभन्दा वरिष्ठ रहनुभएका सपना प्रधान मल्ल र हरि फुयाँल र कुमार रेग्मी कार्यसम्पादनमा पनि अगाडि देखिनुभएको हो । सर्वोच्च अदालतको यो तथ्याङ्कले बालेन सरकारको कालाकर्तुतलाई जनताको सामु उदाङ्गो पारिदिएको छ ।