काठमाडौं, साउन ५ । काठमाडौँ विश्वविद्यालय (केयू) को उपकुलपति पदका लागि ३५ जनाको आवेदन परेको छ। उपकुलपति छनोट तथा सिफारिस समितिका अनुसार केयूको उपकुलपति पदको आकांक्षा राख्दै ३५ जनाले दरखास्त दिएका हुन्।
प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) नेतृत्वको सरकारले आफ्ना मानिस नियुक्तिका लागि अध्यादेशमार्फत उपकुलपतिसहित केयूका पदाधिकारी हटाएको थियो। हटाइएपछि मेरिटोत्रेसीको नाममा आफ्ना मानिस भर्ना गर्दै आएको सरकारले केयूमा पनि आवेदन मागेको हो ।
काठमाडौँ विश्वविद्यालयको उपकुलपति छनोट तथा सिफारिससम्बन्धी कार्यविधि, २०८३ बमोजिम आवेदन मागिएको थियो। जसमा ३५ जनाले आवेदन दिएका हुन्। अध्यादेशमार्फत हटाइएका अच्युतप्रसाद वाग्लेदेखि बरिष्ठ पत्रकार रामकृष्ण रेग्मीसम्मले आवेदन दिनुभएको छ ।
यस्तै सुवाेध शर्मा, रोजी श्रेष्ठ, सागरराज शर्मा, कन्हैया झा, विकास नकर्मी, राजेन्द्र जोशी, शेषानन्द सञ्जेल, माधव लम्साल, विमप्रसाद श्रेष्ठ, एकराज ओझा, धिरज गिरी, राजेन्द्र ज्ञवाली, वेदमणि दाहालले आवेदन दिनुभएको छ ।
आवेदन दिनेमा बिराज सिंह थापा, वालचन्द्र लुइँटेल, दयाराम पोखरेल, विवेक बराल, मनिष पोखरेल,रविन्द्रप्रसाद कायस्थ, लोचन रिजाल, प्रचण्डमान प्रधान, हरिप्रसाद न्यौपाने, रिजनभक्त कायस्थ, ऋषिकेश पाण्डे, ध्रुवप्रसाद गौचन, जनार्दन लामिछाने, समिर खरेल, सञ्जयनाथ खनाल, बालकृष्ण वल, सुनिलकुमार जोशी, भुपालगोविन्द श्रेष्ठ, निरञ्जन पराजुली रवीन्द्र विष्टले आवेदन दिएका छन्।
कार्यविधिअनुसार अन्तर्वार्ता, कार्यपत्र प्रस्तुतीकरणका आधारमा उपकुलपति छनोट हुनेछन्। सिफारिस समितिले यीमध्ये १० जनाको नाम छनोट गर्ने जनाइएको छ। तीमध्ये तीन जनाको नाम उपकुलपतिका लागि सिफारिस हुने छन्।














प्रतिक्रिया दिनुहोस्