जनता टाइम्स

५ श्रावण २०८३, मंगलवार १३:३१

पूर्वधारमन्त्री सुनिलले बनाए फेक डिग्री होल्डरलाई सल्लाहकार


काठमाडौं, साउन ५ । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले देश बनाउने टीम भन्दै सार्वजनिक गर्नुभएका तीन पात्रमध्येका एक पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले फेक डिग्री होल्डरलाई सल्लाहकार बनाउनु भएको आरोप लागेको छ ।

मन्त्री लम्सालले हालै नियुक्त गर्नुभएका एक विज्ञ सल्लाहकारको योग्यतामाथि नै प्रश्न उठाइएको हो । पूर्वाधार विकासमन्त्री लम्सालले आफ्नो बिज्ञ सल्लाहकारमा डा. सञ्जिवविक्रम राणा नियुक्त गर्नुभएको छ । उहाँको योग्यतामाथि नै प्रश्न उठाइएको छ ।

मन्त्रीस्तरीय निर्णयबाट सल्लाहकार नियुक्त राणाको पिएचडी डिग्री नक्कली भएको आरोप लागेको छ । उहाँसँग भारतको राजस्थानस्थित सिंघानिया युनिभर्सिटीबाट पिएचडी गरेको डिग्री छ । तर राणाको डिग्रीले नेपालमा समकक्षता पाउन गाह्रो छ ।

‘भारतको राजस्थानबाट लिएको उहाँको पिएचडीमा कैफियत छ तर आफूलाई विज्ञ भन्दै आउनुभएको जनआस्था साप्ताहिकले समाचारमा उल्लेख गरेको छ । मन्त्रालयअन्तर्गत खानेपानी,सरसफाइ तथा व्यवस्थापनसँग सम्बन्धित गतिविधिमा आवश्यक समन्वय,परामर्श तथा सहकार्य गर्ने जिम्मेवारी पाएका राणा काठमाडौं उपत्यका खानेपानी बोर्डको कार्यकारी निर्देशक थिए । उनी दुईपटक बोर्डको कार्यकारी निर्देशकको जिम्मेवारीमा रहनुभएको थियो।