जनता टाइम्स

५ श्रावण २०८३, मंगलवार १३:४१

कीर्तिपुरमा आगो लागेको कारभित्र सीट बेल्ट बाँधेको अवस्थामा मृत भेटिए चालक, आत्मदाह त होइन ?


काठमाडौं, साउन ५ । काठमाडौंको कीर्तिपुरमा आगलागी भएको निजी कारका चालक सीट बेल्ट बाँधेको अवस्थामा मृत फेला परेका छन् ।

जिल्ला प्रहरी प्रवक्ता एसपी पवनकुमार भट्टराईका अनुसार मृतकको अन्य पहिचान हालसम्म खुलेको छैन । उक्त कारमा अन्य कोही पनि सवार थिएनन् । मृतकको शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज लगिँदै छ ।

गाडीमा मृत फेला परेका ब्यक्तिको शरिर पुरै जलेर नष्ट भएको र कंकाल मात्र बाँकी रहेको छ । गाडीमा कसरी आगो लाग्यो भन्नेबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

घटनास्थलमा भेटिएका स्थानीयले आफैले आगो लगाएर आत्मदाह गरेका त होइनन भन्ने प्रश्न उठाएका छन । यस बिषयमा समेत प्रहरीलेअ नुसन्धान अघि बढाएको छ ।