जनता टाइम्स

५ श्रावण २०८३, मंगलवार १३:५०

गोंगबु बसपार्कको होटलमा युवतीको हत्या प्रकरणमा समिातिए दुई युवक, अभियुक्तसम्म यसरी पुग्यो प्रहरी


काठमाडौं, साउन ५ । गोंगबु बसपार्क नजिकैको होटलमा महिला मृत भेटिएको विषयमा एक सन्दिग्ध दुई युवकलाई प्रहरीले पक्राउ गरेको छ ।

सोमबार बिहान ११ बजेतिर मित्रनगरस्थित होटल माउण्ट एल्भिसको चौथो तलाको कोठामा धनगढी स्थायी ठेगाना बताउने २८–३० वर्षकी निशा सुनार मृत अवस्थामा भेटिएकी थिइन् । उनको हत्या भएको प्रहरीले बताएको छ ।

घटनामा संलग्नहरूको खोजतलास गर्ने क्रममा बाँके प्रहरीले जुम्ला, चन्दननाथ गाउँपालिका १ घर भई हाल नेपालगञ्ज उपमहानगरपालिका बस्ने २० वर्षीय दानबहादुर शाही र दैलेख, डुड्गेश्वर गाउँपालिका ६ घर भई महाराजगंञ्ज बस्दै आएका रमेश बुढालाई पक्राउ गरिएको हो ।

प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानबाट दानबहादुरले होटलमा कोठा बुक गरेका थिए भने रमेश बुढाले युवतीलाई कोठामा लिएर गएपछि दानबहादुर त्यहाँबाट हिँडेका थिए । प्रहरीले रमेशले नै सुनारको हत्या गरेको बताइएको छ ।

उनीहरूमााथि कर्तव्य ज्यान मुद्दामा काठमाडौं जिल्ला अदालतबाट ७ दिनको म्याद थपेर अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।