काठमाडौं, साउन ५ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भेटवार्ता भएको छ। पछिल्ला राजनीतिक घटनाक्रमका बीच भएको उक्त भेटलाई वाम शक्तिहरूबीचको सहकार्यलाई नयाँ दिशा दिने प्रयासका रूपमा हेरिएको छ।
एमाले सचिव महेश बस्नेतका अनुसार भेटवार्तापछि संयोजक प्रचण्डले नेकपा एमालेसँग सहकार्यको प्रक्रिया औपचारिक रूपमा अघि बढेको जानकारी दिनुभएको छ। उहाँले उक्त सहकार्य प्रदेश सरकार गठनमा मात्र सीमित नरहने स्पष्ट पार्दै मुलुकको हित, राजनीतिक स्थायित्व तथा कम्युनिस्ट शक्तिहरूबीच दीर्घकालीन सहकार्यको आधार तयार गर्ने उद्देश्य रहेको बताउनुभएको छ।
उहाँले वाम शक्तिहरूबीचको आपसी समझदारी र सहकार्यले देशमा स्थायित्व, विकास र समृद्धिको वातावरण निर्माण गर्न महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभएको छ।
पछिल्लो समय विकसित राजनीतिक समीकरणका बीच भएको ओली–प्रचण्ड भेटलाई आगामी राजनीतिक सहकार्यको संकेतका रूपमा राजनीतिक वृत्तले चासोका साथ हेरिरहेको छ ।














प्रतिक्रिया दिनुहोस्