जनता टाइम्स

६ पुष २०७६, आईतवार १९:१४

बिप्लवको अपहरणमा परेका गाउँपालिका अध्यक्षलाई प्रहरीले गर्यो अपहरणमुक्त


काठमाडौं, पुस ६ । प्रतिबन्धित नेत्रबिक्रम चन्द (बिप्लव) समुहको अपहरणमा पर्नुभएका दैलेख ठाँटीकाँध गाउँपालिकाका अध्यक्ष धीरबहादुर शाहीलाई प्रहरीले सकुशल अपहरणमुक्त गरेको छ । प्रहरीले कालिकोट जिल्लाको शुभकालिकाको छाती गाउँबाट शाहीलाई केही समय अघि अपहरणमुक्त गरेको हो ।

शाहीलाई विप्लव नेतृत्वको प्रतिबन्धित नेकपाका कार्यकर्ताले हिजो अपहरण गरेका थिए । शाहीको वडा नम्बर २ को श्रीपाटामा रहेको आफ्नै घरबाट गएराति साढे १२ बजेतिर १५ जनाको समूहमा आएका बिप्लवका कार्यकर्ताले अपहरण गरी कालिकोट पुर्याएका हुन । अध्यक्ष शाहीसँगै श्रीमती लिला शाहीलाई पनि उक्त समूहले लिएर गएकोमा जंगलमा छाडेको थियो । प्रहरीले घटनाको संवेदनसिलतालाई मध्यनजर गरी पिछा गर्दै गएर कालिकोटबाट मुक्त गरेको हो ।