जनता टाइम्स

६ पुष २०७६, आईतवार १९:३३

कांग्रेस सांसद शाहले कुटे चलिचित्र अभिनेता


कपिलबस्तु, पुस ६ । नेपाली कांग्रेसका नेता तथा सांसद अभिशेकप्रताप शाहले चलचित्र अभिनेता श्यामकुमार मिश्रालाई निर्घात कुटपिट गरेका छन । शाहले कपिलवस्तुको कृष्णनगरस्थित आफ्नै घरमा बोलाएर मिश्रालाई निर्घात कुटपिट गरेका हुन ।

शाह कापिलबस्तु ३ बाट प्रतिनिधिसभामा निर्वाचित भएका हुन । गत निर्वाचनमा राप्रपाबाट उमेदवारसमेत रहेका मिश्रालाई उनले बिनाकारण कुटपिट गरेका हुन । आफ्ना गाडी चालक शशि कस्यपलाई बोलाउन पठाएपछि सांसद शाहका घरमा पुगेका मिश्रालाई कोठाभित्र थुनेर शाह र ड्राइभर कस्यपले मरणासन्न हुनेगरी कुटपीट गरेको पीडितका आफन्तले जानकारी दिए । मरणासन्न हुनेगरी कुटपिटपछि सांसद शाहका ड्राइभरले उनलाइ गाडीमा राखेर कृष्णनगर बजारको सडकमा ल्याएर छाडेका थिए ।

स्थानीयतले घाइते मिश्रको उद्दार गरी बहादुरगञ्ज पठाएको र उनको अवस्था गम्भीर देखेपछि बुटवल रिफर गरिएको छ । कपिलवस्तुका प्रहरी उपरीक्षक दिपशमशेर जबराले मिश्राले सांसद शाह र उनका ड्राइभरले कुटपिट गरेको भन्ने जानकारी प्रहरीमा आएको बताउनुभयो । मिश्राको नाक र मुखबाट रगत बगेको र उपचार भइरहेको तर कतैबाट उजुरी नपरेको उहाँको भनाई छ । एसपी जवराका अनुसार शाहका ड्राइभर फरार रहेकाले पक्राउ गर्न सकिएको छैन । सांसद शाहले भने शनिवार साँझ आफ्नो ड्राइभर र मिश्राबीच कुटपिट भएको तर आफुले नकुटेको जिकिर गरेका छन ।