जनता टाइम्स

९ श्रावण २०८३, शनिबार १८:२९

एमाले र नेकपा जुट्यो सहमति


काठमाडौं, साउन ९ । नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीले दुई वटा प्रदेशमा प्रतिनिधित्व गर्ने अन्य राजनीतिक दलहरूसँग थप परामर्श गर्ने भएको छ ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डबीच शनिबार लिखित सहमतिमा हस्ताक्षर गर्नुभयो ।

सहमति अनुसार, कोशी, बागमती र लुम्बिनी प्रदेशको नेतृत्व नेकपा एमालेले गर्नेछ भने कर्णाली र सुदूरपश्चिमको नेतृत्व नेकपाले गर्नेछ ।

लिखित सहमति अनुसार, ती प्रदेशहरूमा प्रदेशसभा प्रतिनिधित्व गर्ने अन्य राजनीतिक दलहरूसँग समेत परामर्श गरी सरकारको नेतृत्व र सहभागीताको स्वरुप तयार गरिनेछ ।
नेकपा एमालेले ३ र नेकपाले २ प्रदेशको नेतृत्व गर्नेगरी सहमति भएको छ ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा संयोजक पुष्पकमल दाहाल प्रचण्डबीच शनिबार लिखित सहमति भएको हो ।

सहमति अनुसार, कोशी, बागमती र लुम्बिनी प्रदेशको नेतृत्व नेकपा एमालेले गर्नेछ भने कर्णाली र सुदूरपश्चिमको नेतृत्व नेकपाले गर्नेछ । सहमतिका लागि बार्तामा एमालेबाट उपाध्यक्ष बिष्णु पाैडेल र नेकपाबाट बर्षमान पुन सहभागी हुनुहुन्थ्यो ।