काठमाडौं, साउन १० । थानकोट–नागढुंगा सुरुङमार्गको शिलालेख सडक बिभागको भग्नाबशेषमा पालिएको तथ्य खुलेको छ ।
प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) र पूर्वाधार बिकाश मन्त्री सुनिल लम्सालको निर्देशनमा सडक बिभाग र आयोजनाका पदाधिकारीहरूले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको नाम हटाउन शिलालेख नै निकालेर सडक बिभागको भग्नावशेषमा फालिएको पाइएको हो ।
जनताटाइम्स डटकमको टीमले शनिवार सुरुङमार्गको स्थलगत अवलोकन र निरीक्षणपछि उदघाटन गर्ने इतिहास मेटाएर आफूले सुरुङमार्ग बनाएको कालो इतिहास कायम गराउने योजनाका साथ बालेन सरकारले केपी ओलीले शिलान्याश गरेको शिलालेख मेटाएको समाचार प्रकाशन गरेको थियो ।
जनताटाइम्स डटकमले प्रकाशित गरेको समाचारपछि सामाजिक सञ्चालमा निकै चर्चा पायो । जनताटाइम्स डटकमले समाचार प्रकाशन गरेलगत्तै पूर्वमन्त्री भगवती न्यौपानेले समाचारप्रति निकै कडा प्रतिक्रिया दिनुभयो । एमाले केन्द्रीय सदस्यसमेत रहनुभएकी पूर्व सामान्य प्रशासनमन्त्री न्यौपानेले यो तहको बदमासी पनि हुन्छ भन्दै आक्रोश पनि पोख्नुभयो ।
जनताटाइम्सको समाचार शेयर गरी ‘यति हदसम्म गिर्न पर्ने किन होला ?’ भन्दै न्यौपानेले भन्नुभएको छ, ‘एक रुपैयाँको सिक्कामा चुच्चे नक्सा हटाउ , बिस्तारै नेपालको नक्सा नै हटाउ, प्रत्येक सडक र पुल भत्काउ, जनताका ७ लाख घर (भुकम्पले ढालेका) भत्काउ, धरहरा भत्काउ, रानीपोखरी भत्काउ, अहिले बनेको नयाँ संसद भवन भत्काउ, वालुवाटारमा बनेको व्यवस्थित प्रधानमन्त्री निवास भत्काउ, ठाउँ ठाउमा बनेको हस्पिटल लगायतपूर्वाधार विकास र सम्पूर्ण संरचना भत्काउ, रंगशाला भत्काउ अर्थात ती सबै अहिलेकै सरकारले बनाएको हो भनेर शिलालेखमा लेख । त्यसो गरे हुन्न र ?? केपी ओलीको नाम आउने जति सबै मेटाइदिँदा हुन्न र ??’
जनताटाइम्स डटकमको समाचारपछि सामाजिक सञ्जाल तातेपछि शनिवार साँझ नै समाचारमा जनताटाइम्सको स्रोत नै नखुलाई नेकपा एमालेका महासचिव शंकर पोखरेलले आफै नयाँ डिजाइन बनाएर सो बिषयमा आपत्ति जनाउनु भयो ।
एमाले महासचिव पोखरेलले जनताटाइम्स डटकमको लोगो र समाचार हटाएर अर्कै पोस्टर सेयर गरी थानकोट–नागढुंगा सुरुङमार्गको शिलालेखबाट सरकारले तत्कालीन प्रधानमन्त्री केपी ओलीको नाम हटाइएको भन्दै आफैले सूचना पाएजसरी घटनालाई नयाँ रुप दिएर सार्वजनिक गर्नुभयो । जनताटाइम्स डटकमको प्रचार होला भन्ने त्रासले समाचारको कुनै स्रोत उल्लेख नगरिकन महासचिव पोखरेलले यस कार्यको भत्र्सना पनि गर्नुभएको छ ।
पोखरेलले लेख्नुभएको छ, ‘शिलालेखबाट नाम मेटिएला, तर इतिहास मेटिँदैन !’ सुरुङमार्गको शिलान्यास शिलालेखबाट केपी ओलीको नाम हटाइनु सरकारको निकृष्ट पूर्वाग्रह र प्रतिशोधको राजनीति भएको पोखरेलको भनाई छ ।
उहाँले भन्नुभएको छ, ‘सुरुङमार्गको शिलान्यास शिलालेखबाट केपी ओलीको नाम हटाइनु सरकारको निकृष्ट पूर्वाग्रह र प्रतिशोधको राजनीति हो । जननेता मदन भण्डारीको ‘प्रतिशोध र पूर्वाग्रह प्रजातान्त्रिक गुण होइनन’ भन्ने सत्य बचनलाई वर्तमान सरकारले मनन गर्न सकेको देखिएन । वास्तवमा बालेन नेतृत्वको सरकारले इतिहास र लोकतान्त्रिक मूल्य बिर्सेर जुन हर्कत गरिरहेको छ, यसले उनीहरूलाई नै दुर्भाग्यपूर्ण पतनतर्फ धकेल्नेछ !’
एमाले महासचिव पोखरेलको यो स्टाटसलाई एमाले पङ्क्तिले व्यापकरूपमा सेयर गर्दै बालेन सरकारको हर्कतमाथि कडा आपत्ति जनाएको छ । एमाले पङ्ती मात्र नभएर अन्य दल र सामाजिक अभियन्ताहरुसम्म पनि यो घटनाको निन्दामा उत्रिएका छन ।
यस्तै नेकपाका नेता रामप्रसाद सापकोटा दिपशीखाले लेखेका छन, पनि कडा आपत्ति जनाउनु भएको छ । एमाले महासचिव शंकर पोखरेलले जस्तै समाचार दिने जनताटाइम्स डटकमभन्दा फरक पोस्टर शेयर गर्दै सापकोटाले लेख्नुभएको छ, ‘यो भन्दा निन्दनीय, खेदजन्य र अराजनीतिक कुकर्मी सोच अरू केहि हुनै सक्दैन ।’ सापकोटाले कसैप्रतिको मायाले भन्दा पनि तिमी नयाँ भन्नेको सोचप्रतिको दया लागेर लेखेको ! पनि उल्लेख गर्नुभएको छ ।

‘हामीलाई कोही मान्छे सबैभन्दा खराब लाग्ला र होला पनि तर हरेक नयकका आउने सरकारले पुराना सरकारले गरेका कामको अभिलेख मेटाउन लगाउने ? यदि यो सत्य हो भने यो भन्दा निन्दनीय, खेदजन्य र अराजनीतिक कुकर्मी सोच अरू केहि हुनै सक्दैन । कसैप्रतिको मायाले यो लेखेको होईन, तिमी नयकका भन्नेको सोचप्रतिको दया लागेर लेखेको !’ सापकोटाको भनाई छ ।
नागढुंगा थानकोट सुरुङमार्ग नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भएको बेला २०७६ साल कात्तिक ४ गते यो सुरुङमार्गको शिलान्यास भएको थियो । चन्द्रागिरी नगरपालिका–१, टोटेपाखा (थानकोट क्षेत्र) मा शिलान्यास कार्यक्रम आयोजना गरिएको थियो । यो नेपालकै पहिलो सडक सुरुङमार्ग आयोजना पनि हो ।
ओलीले सुरुवात गरेर निर्माण अघि बढेको आयोजनाको जस आफैं लिने र राम्रो काम गर्ने केपी ओली हुन भन्ने इतिहास मेटाउने आपराधिक मनोबृत्तिका साथ बालेन सरकारले मेटाएको भन्दै एमाले पङ्क्ति असन्तुष्ट बनेको छ । यही क्रममा शिलालेखबाट ओलीको नाम हटाइएको चर्चा व्याप्त भएको हो, जुन समाचार जनताटाइम्स डटकमले प्रकाशन गरको हो ।
शिलान्याशको शिलाखेख मेटाएर सरकार बनेको चार महिना नपुग्दै नेपाललाई सुरुङमार्गको युगमा प्रवेश गराएको र बालेन सरकार इतिहासकै सर्वाधिक काम गर्ने सरकार हो भन्दै प्रचार गर्ने योजनाका साथ सरकार लागेको थियो । तर समाचार सार्वजनिक भएपछि षडयन्त्र सवै चकनाचुर बनेको छ । अव सरकार जेनजी आन्दोलनमा केपी ओलीले गरेको शिलान्याशको शिलालेख जलेको भन्न थालेको छ ।
आयोजनाका सूचना अधिकारी सञ्जय पन्थीले सुरुङमार्ग निर्माणको क्रममा सडक बिभागमा लगेर राखिएको तर जेनजी आन्दोलनमा आगजनी हुँदा जलेको बताउनु भयो । जनताटाइम्स डटकमको जिज्ञासामा पन्थीले निर्माणको बेला हटाउनै पर्ने बाध्यता आइलागेको र सडक बिभागमा लगेर राख्दा सुरक्षित रहन नसकेकोले कसरी ब्यवस्थापन गर्ने भन्नेमा आयोजना लागिपरेको बताउनु भयो । थानकोट–नागढुंगा सुरुङमार्गको उदघाटन सोमवार अर्थात भोलि हुँदैछ ।
सो आयोजना उदघाटनका लागि जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) का अध्यक्ष तानाका अकिहिको नेपाल आउँदै हुनुहुन्छ । आयोजनाको पूर्वाधार बिकासमन्त्री सुनिल लम्साल र अध्यक्ष अकिहिकोले संयुक्त रुपमा गर्दै हुनुहुन्छ । तर उदघाटनको अघिल्लो दिनसम्म आयोजनाले २०७६ कात्तिक ४ गते ओलीले गरेको शिलान्याशको अभिलेख नै भेट्टाउन सकेको छैन । आयोजनाका सूचना अधिकारी पन्थी सकेसम्म खोज्ने प्रयाशमा रहेको तर अहिलेसम्म फेला पार्न नसकिएको र फेला पर्ने सम्भावना पनि नरहेको जानकारी सडक बिभागबाट पाइएको बताउनु भयो ।
‘प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्याश गर्नुभएको शिलालेख राखेको स्थान कन्टर्क्शनको साइट परेर शिलालेखको प्लेट निकालेर सडक बिभागमा सारेका थियौं । भदौ २३–२४ गतेको जेनजी आन्दोलनमा सडक बिभागमा आगजनी हुँदा शिलालेख पनि जल्यो,’सूचना अधिकारी पन्थीले भन्नुभयो, ‘अहिले खोज्दा प्राप्त गर्न सकिएन । सही सलामत होला भन्ने त छैन, रहेछ भने उदघाटनसँगै राख्छौं । भेटिएसम्म राख्ने प्रयाश गरिनेछ ।’
कुनै पनि ठूला तथा राष्ट्रिय गौरवका पूर्वाधार निर्माण आयोजनाहरू सुरू गर्दा नेतृत्वबाट शिलान्यास गरी शिलालेख राख्ने गरिन्छ । त्यसपछि भौतिक निर्माण सुरू हुन्छ । माटो खन्ने, भत्काउने तथा भारी उपकरणहरूको प्रयोग गरी सुरुङमार्ग निर्माणको काम अघि बढ्छ । यस क्रममा निर्माण स्थलमा रहेका संरचनाहरू सुरक्षित राख्नका लागि स्थानान्तरण गर्नुपर्ने प्राविधिक बाध्यता हुन्छ । सोही नियम र प्रक्रिया अनुसार नागढुंगा सुरुङ्गमार्गको शिलान्यास प्रतिमालाई पनि निर्माणस्थलमा क्षति हुनबाट जोगाउन त्यहाँबाट निकालिएको दावी आयोजनाको छ ।

निर्माणस्थलबाट निकालिएको प्रतिमालाई सडक विभागको बबरमहलस्थित वैदेशिक महाशाखाको कार्यालयमा लगिएको थियो । तर, शिलालेख राखिएको भवनमा जनेजी आन्दोलनका क्रममा ठूलो क्षति पुग्न गई भवन ध्वस्त भयो । शिलान्यास ढुंगा अहिले पनि सोही कार्यालयको भग्नावशेष र माटोको थुप्रोमुनि पुरिएको अवस्थामा रहेको पन्थी बताउँछन् । ‘सही सलामत रहने संभावना छैन भन्ने सूचना छ,’ पन्थीले भन्नुभयो ।
नागढुंगा क्षेत्रको जोखिमपूर्ण यातायातलाई सहज बनाउने प्रमुख उद्देश्यसहित राष्ट्रिय गौरवको आयोजनाका रुपमा नागढुंगा सुरुङ्गमार्ग निर्माण अघि बढाइएको थियो । थानकोटबाट धादिङको सिस्नेखोलासम्म जोडिने यो सुरुङमार्ग नेपालको पहिलो सञ्चालनयोग्य आधुनिक सुरुङमार्गसमेत हो । केपी ओलीको ड्रिम प्रोजेक्ट मानिएको सुरुङमार्गमा शिलालेख हटाएपछि काम गर्नेलाई बदनाम अनि सिन्को नभाँचेरै वाहावाही कमाउने गर्ने बालेन सरकारको शैलीप्रति कडा आक्रोश पैदा भएको छ ।

सोही आक्रोश बढदै गएको सन्देश पाएर सरकारले नागढुंगा सुरुङमार्ग शिलान्याश गरेका तात्कालिन प्रधानमन्त्री केपी ओलीको शिलालेख सडक विभागको भग्नावशेषमा रहेको र जेनजी आन्दोलनमा जलेको जिकिर गर्न थालेको छ । जनताटाइम्स डटकमले सरकारको गम्भीर षडयन्त्रलाई उदघाटन भन्दा ४८ घण्टा अगावै खुलासा गरेपछि मन्त्री लम्सालले आयोजनादेखि सडक बिभागसम्मका पदाधिकारीलाई धम्की दिएर जेनजी आन्दोलनमा जलेको भन्दै सफेद झुट बोल्न बाध्य बनाउनु भएको हो ।













प्रतिक्रिया दिनुहोस्