काठमाडौं साउन १० । रोल्पाको सुनछहरी गाउँपालिका–१ सेरमस्थित दवाङ लेकमा गएको पहिरोमा पुरिँदा दुई महिलाको मृत्यु भएको छ भने एक पुरुष घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय रोल्पाका अनुसार गाईबाख्रा चराउँदै गरेका स्थानीय ५१ वर्षीया असौजी घर्ती मगर र ३६ वर्षीया अमरा घर्ती मगर पहिरोमा पुरिनुभएको थियो। स्थानीयवासी र प्रहरीको संयुक्त प्रयासमा दुवै जनाको शव पहिरोबाट निकालिएको प्रहरीले जनाएको छ।
घटनामा ६० वर्षीय कुले घर्ती मगर घाइते हुनुभएको छ। उहाँको उद्धार गरी उपचारका लागि सेरम स्वास्थ्य चौकी पठाइएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रमुख प्रहरी नायब उपरीक्षक पञ्चकुमार बाखुले जानकारी दिनुभयो।
पहिरोमा चारवटा बाख्रा र दुईवटा गाईसमेत पुरिएका थिए। प्रहरीका अनुसार ती चौपायालाई पनि पहिरोबाट सुरक्षित रूपमा बाहिर निकालिएको छ।
घटनापछि स्थानीय प्रशासन र प्रहरीले प्रभावित क्षेत्रमा थप सतर्कता अपनाउन आग्रह गरेका छन्।












प्रतिक्रिया दिनुहोस्