जनता टाइम्स

७ पुष २०७६, सोमबार ०९:३९

दिल्लीको किराडीमा रहेको कपडाको गोदाममा आगलागी ९ जनाको मृत्यु


काठमामडौं, ७ पुुस । भारतको राजधानी दिल्लीको किराडी क्षेत्रमा रहेको एक कपडाको गोदाममा आइतबार मध्यराति आगलागी हुँदा ९ जनाको मृत्यु भएको छ । घटनामा १० जना भन्दा धेरै घाइते भएका छन् ।
आगलागीबाट ९ जनाको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ । तीनतले उक्त घरको भुईँतलामा कपडाको गोदाम थियो । उक्त ठाउँमा आगलागीपछि ज्यान जोगाउने कुनै उपकरण थिएन । सबै घाइतेहरुलाई नजिकैको अस्पताल लगिएको छ । केही साताअघि मात्रै दिल्लीको एक फ्याक्ट्रीमा आगलागी हुँदा ४३ जनाको मृत्यु भएको थियो । सबै कामदार सुतिरहेका बेला झाँसी रोडको खाद्यान्नमण्डीमा आगलागी भएको थियो ।