काठमाडौं, साउन १७ । सामाजिक सञ्जाल युट्युबमार्फत भ्रामक सूचना सम्प्रेषण गरी जातीय तथा धार्मिक द्वेष फैलाउने तथा हिंसात्मक गतिविधिलाई उत्तेजित बनाएको आरोपमा एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा अर्घाखाँची सन्धीखर्क नगरपालिका वडा नं ९ वतन भई हाल रूपन्देहीको बुटवल उपमहानगरपालिका वडा नं १३ बस्ने ३९ वर्षीय जनक भुसाल रहेको प्रहरीले जनाएको छ । नेपाल प्रहरीको साइबर ब्यूरोले भुसाललाई पक्राउ गरेको हो ।
भुसाल सामाजिक सञ्जालमा फ्रेन्स फलोअर्स बढाउने तथा आर्थिक उपार्जन गर्ने नियत राखी विद्यमान परिवेशलाई प्रत्यक्ष असर पार्ने गरी युट्युब च्यानल नेपाली खबर टीभीमार्फत भ्रामक सूचना प्रवाह गर्ने भिडियो समाग्री तयार पारी, अफवाह फैलाई जातीय तथा धार्मिक हिंसात्मक तथा ध्वंसात्मक गतिविधिहरूमा संलग्न रहेको प्रहरीले बताएको छ ।
भुसालले युटुवमा थप उत्तेजित र आक्रमक बनाउने साथै, कानूनले प्रकाशन तथा प्रदर्शन गर्न नहुने भनि रोक लगाएका सामाग्रीहरू वा कसै प्रति घृणा वा द्वेष फैलाउने वा विभिन्न जात जाति र सम्प्रदायबीचको सुमधुर सम्बन्धलाई खलल पार्ने किसिमका सामग्रीहरू प्रकाशन, प्रदर्शन र प्रशारण गर्ने कार्यमा संलग्न रहेको ब्यूरोबाट गरिएको सामाजिक सञ्जालको निग्रानी तथा प्राविधिक विश्लेषणबाट खुल्न आएको छ ।

प्रहरीका अनुसार भुालले पछिल्लो समय सिरहाको गोलबजारमा प्रहरीको गोली लागेर मारिएका गणेश यादवको परिवार भेटन पुग्दा गृहमन्त्री सुधन गुरुङ नै कुटिएको, टाउको फुटेर अस्पतालमा भर्ना भएको जस्ता समाचार प्रकाशरण गरेको पाइएको छ । आफैले गृहमन्त्रीको टाउको फुटाउने, अस्पताल भर्ना गर्ने काम गरेपछि प्रहरीले भुसालको खोजी सुरु गरेको थियो ।
भुसाललाई इलाका प्रहरी कार्यालय बुटवलको सहयोगमा भुसाललाई १६ गते बुटवलबाट पक्राउ गरिएको हो । भुसालविरुद्ध विद्युतीय कारोबार ऐन, २०६३ को कसुरमा काठमाडौं जिल्ला अदालतबाट सात दिन म्याद थप भई अनुसन्धान कार्य भइरहेको ब्यूरोले जनाएको छ ।













प्रतिक्रिया दिनुहोस्