जनता टाइम्स

१८ श्रावण २०८३, सोमबार १८:३७

रोमानियामा रेलको ठक्करबाट गयो दुई नेपालीको ज्यान


काठमाडौं, साउन १८ । युरोपेली मुलुक रोमानियामा रेल दुर्घटनामा परी दुई जना नेपालीको मृत्य भएको छ।

मृत्यू हुनेमा २५ र ३६ वर्षका नेपाली नागरिक रहेका रोमानियाका सञ्चार माध्यमले जानकारी दिए पनि पहिचान भने खुल्न बाँकी रहेको छ। दुर्घटना रोमानियाको राजधानी बुखारेस्टबाट ३ सय ८ किलोमिटर टाढा पर्ने बाकाउ सहरको चिमीई रेल सडक खण्डमा आइतबार बिहान ३ः२१ बजे भएको हो।

रोमानिया समेत कार्यक्षेत्र रहेको बर्लिनस्थित नेपाली राजदूतावासका तृतीय सचिव दिपेन्द्रप्रसाद साहले घटनाको जानकारी प्राप्त भएको बताउनु भयो। जर्मनीको बर्लिनस्थित नेपाली दूतावासबाट रोमानिया लगभग २ हजार किलोमिटर टाढा पर्छ।

लगभग ५० हजार नेपाली कामदार रहेको रोमानियामा नेपाल सरकारको दूतावास तथा कुनै पनि कुटनीतिक संयन्त्र छैन। जस्को कारण सूचना भेरिफाइमै समय लाग्ने र नेपालीले दुःख पाउने गरेका छन ।