जनता टाइम्स

७ पुष २०७६, सोमबार १९:०८

भारतीय राजदूत पुरीलाई कांग्रेस सभापति देउवाको भोज


काठमाडौं, पुष ७

नेपाली काँग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपालकालागि भारतिय राजदूत मञ्जीव सिंह पुरीलाई भोज खुवाएर विदाई गर्नुभएको छ । सिमाका विषयमा भारतविरुद्ध बाहिरिरुपमा चर्को बोल्दै आउनु भएका देउवाले उहासँग एक घण्टा भेटवार्ता समेत गर्नुभएको छ ।

आफ्नो कार्यकाल सकिन लाग्दा देउवालाई भेट्न उहाकै निवास बुढानिलकण्ठ पुग्नु भएका पुरीलाई दिवाभोज खुवाउनु भएको स्रोतले जानकारी दिएको छ । यो क्रममा देउवाले काँग्रेसका शीर्ष नेताहरु समेतलाई बोलाउनु भएको थियो । जसमा सबैलाई विशेष भोजको व्यवस्था गरिएको थियो । राजदूत पुरी आफ्नो तीनवर्षे कार्यकाल पूरा गरेर यही पुस १५ गते स्वदेश फर्किने तयारीमा हुनुहुन्छ ।

आइतबार राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले पनि पुरीको आइतवार दरबारमार्गस्थित पाँचतारे होटलमा बिदाइमा कार्यक्रम आयोजना गरेको थियो । पुरीको कार्यकाल सकिएसँगै नेपालका लागि नयाँ भारतीय राजदूतको रूपमा विकास स्वरूप, अखिलेश मिश्रा, गोपाल बगालेलगायतको नाम चर्चामा छ ।