जनता टाइम्स

२१ श्रावण २०८३, बिहीबार २२:५५

बक्यौता भुक्तानीमा टेलिकमको विशेष अफर


काठमाडौं, साउन २१ । नेपाल टेलिकमले महशुल तिर्न बाँकी रहेका ग्राहकहरूका लागि विशेष अफर घोषणा गरेको छ ।

टेलिकमले आर्थिक वर्ष २०८०–०८१ को बक्यौता भुक्तानीमा जरिवाना छुट दिन लागेको हो । आउँदो पुस मसान्तसम्म रकम तिरे सबै जरिवाना मिनाहा गरिदिने टेलिकमले जनाएको छ ।

ग्राहकलाई नजिकको दूरसञ्चार कार्यालयमा गई यो अवसरको सदुपयोग गर्न टेलिकमको विशेष आग्रह छ ।

छुटको अवसर दिँदा पनि बक्यौता भुक्तानी नगर्ने ग्राहकको नामसहितको विवरण कम्पनीको वेबसाइट र पत्रिकामार्फत सार्वजनिक गरी असुली प्रक्रिया अघि बढाउने चेतावनी दिइएको छ ।