काठमाडौं, साउन २२। राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को मौका परीक्षाको नतिजा सार्वजनिक गरेको छ।
बोर्डका अनुसार परीक्षामा ७१ हजार ३१० परीक्षार्थी सहभागी भएका थिए। तीमध्ये ५७ हजार ८९७ जना सबै विषयमा ग्रेड प्राप्त गर्न सफल भएका छन्, जुन कुल सहभागीको ८१.१९ प्रतिशत हो।
बोर्डले तीन जना परीक्षार्थीको नतिजा रद्द गरिएको जनाएको छ। नतिजामा प्राविधिक कारणले कुनै त्रुटि देखिएमा परीक्षा नियन्त्रण कार्यालयको मूल अभिलेखका आधारमा सच्याइने उल्लेख गरिएको छ।
परीक्षार्थीहरूले बोर्डको वेबसाइट, एसएमएस तथा आइभीआर सेवामार्फत नतिजा हेर्न सक्नेछन्। राष्ट्रिय परीक्षा बोर्डले यही साउन २ र ३ गते मौका परीक्षा सञ्चालन गरेको थियो।














प्रतिक्रिया दिनुहोस्