काठमाडौं, साउन २२। चिकित्सा शिक्षा आयोगले स्वास्थ्य शिक्षाअन्तर्गत स्नातक तहका विभिन्न शैक्षिक कार्यक्रमको एकीकृत प्रवेश परीक्षा (MECEE–BL २०२७) का लागि अनलाइन आवेदन खुला गरेको छ।
आयोगले एमबीबीएस, बीडीएस, बीएससी नर्सिङ, बीएएमएस, बीपीएच, बीफार्म, बीएससी एमएलटी, बीपीटी, बी अप्टोमेट्रीलगायत स्नातक तहका कार्यक्रमको प्रवेश परीक्षामा सहभागी हुन इच्छुक उम्मेदवारलाई अनलाइन आवेदन दिन आग्रह गरेको हो।
आयोगका अनुसार अनलाइन आवेदन साउन २५ गते बिहान ९ बजेदेखि खुल्नेछ। आवेदन दिने अन्तिम म्याद भदौ १५ गते साँझ ५ बजेसम्म तोकिएको छ। यद्यपि भदौ २२ गते साँझ ५ बजेसम्म दोब्बर दस्तुर तिरेर आवेदन दिन सकिने व्यवस्था गरिएको छ।
नेपाली आवेदकका लागि आवेदन शुल्क ४ हजार रुपैयाँ र विदेशी आवेदकका लागि ८ हजार रुपैयाँ निर्धारण गरिएको छ। आवेदन शुल्क हिमालय बैंकमार्फत बुझाउनुपर्ने आयोगले जनाएको छ।
आयोगका अनुसार आवेदन दिनुअघि उम्मेदवारले तोकिएको शैक्षिक योग्यता, आवश्यक कागजात तथा अन्य मापदण्ड पूरा गरेको हुनुपर्नेछ।
प्रवेश परीक्षा सम्बन्धी आवेदन तथा विस्तृत जानकारी आयोगको आधिकारिक वेबसाइट र प्रवेश परीक्षा पोर्टलबाट प्राप्त गर्न सकिने आयोगले जनाएको छ।
प्रवेश परीक्षाका लागि आवेदन खुल्यो














प्रतिक्रिया दिनुहोस्