जनता टाइम्स

२२ श्रावण २०८३, शुक्रबार १८:३२

प्रधानमन्त्री बालेनलाई रास्वपाकै सांसद मनिषले भने–के थाहा छैन भन्ने पनि तपाईंलाई थाहा छैन


काठमाडौं, साउन २२ । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) बिन्दास पारामा जनताको चाहनाभन्दा बिपरित चलेको तथ्यलाई रास्वपाकै नेता तथा सांस्द मनिष झाले खोलिदिनुभएको छ ।

प्रतिनिधिसभाको शुक्रवारको बैठबमा बोल्दै झाले निकै सालिन ढंगले बालेन सरकारलाई जनताले ग्यास नपाएको र अस्पतालमा उपचार नपाएको र महंगीले बिहान बेलुका खान नपाएको कुरासमेत थाह नभएको संकेतसहित कडा ढंगले प्रस्तुत हुनुभएको हो ।

बालेन सरकारप्रति झाले भन्नुभयो, ‘अहिलेको कुरामा इन्टिग्रिटीको प्रश्न छैन। कुनै शंका पनि छैन। इन्टेन्सनमा पनि कुनै प्रश्न छैन। तर कता कता ढंग नपुगेको हो कि जस्तो लाग्छ। र त्यो स्वीकार्नुपर्छ। तपाईंलाई के थाहा छैन भन्नेबारे पनि तपाईलाई थाहा छैन भने साच्चिकै तपाईंलाई केही थाहा छैन। त्यसकारण आफूलाई थाहा नभएको कुरा जान्नुपर्दछ र त्यो कुरा सिक्नुहुन्छ। जुन दिन सोच्नुहुन्छ कि तपाईंलाई सबै कुरा थाहा छ त्यो दिन तपाईं समान हुनुहुन्छ।’

उहाँले राज्य सञ्चालनमा सरकारले ढंग पुर्याउनै नसकेको बताउनु भयो । झाले सरकारको राज्य सञ्चालनप्रतिको नियत र सरकारको इमानदारीमाथि कुनै शंका नभएपनि राज्य सञ्चालनलाई अझै प्रभावकारी बनाउनुपर्ने बताउनु भयो । सांसद झाले राज्य सञ्चालन, लोकतन्त्रको रक्षा र संविधान संरक्षणका लागि राज्यप्रतिको भरोसा र राष्ट्रप्रतिको आत्मविश्वासलाई सरकारले मूलमन्त्र बनाउनुपर्ने प्रष्ट बटमलाइन पनि सुनाउनु भयो ।

‘अहिले राज्य सञ्चालन र लोकतन्त्रको रक्षा तथा संविधानको संरक्षणमा के मुलमन्त्र आवश्यक छ भनेर हेर्दाखेरी मलाई के लाग्छ भने राज्यप्रतिको भरोसा र राष्ट्रप्रतिको आत्मविश्वास। यो दुई वटा कुरालाई मुलमन्त्र बनाएर हामीले राज्य सञ्चालनदेखि सबै कुराहरु त्यसमा केन्द्रित गर्यो भने हामी केही हासिल गर्न सक्छौँ,’ झाको भनाई थियो ।

नेता झाले आफूलाई सबै कुरा थाहा छ भन्ने प्रधानमन्त्रीको सोचले राज्य सञ्चालनमा निकै ठूलो समस्या निम्त्याउन सक्ने भन्दै अज्ञानता स्वीकार गरेर सिक्ने संस्कारको विकास गर्नुपर्ने बताउनु भयो ।