काठमाडौं, साउन २३ । प्रधानमन्त्री बालेन्द्र शाह –बालेन) ले सरकार र पार्टीभित्र आफू एक्लो पर्दै आएको खुलासा गर्नुभएको छ । शुक्रवार मध्यराति सामाजिक सञ्जाल फेसबुकमार्फत प्रधानमन्त्री शाहले यस्तो तथ्य खोल्नुभएको हो ।
रास्वपाभित्र चरम बिवादको पोल खोलेका छन । पार्टी सभापति रवि लामिछाने निकट सांसदले संसदमा सरकार पुरै असफल बनेको र जनताको समस्या र पीडामा कतै नदेखिएको भन्दै आक्रोश पोखेपछि प्रधानमन्त्री बालेनले फेसबुकबाट चित्त दुखाई गरेर पार्टी र सरकारमा एक्लो भएको तथ्य खोलेका छन ।
शाहले लेख्नुभएको छ, ’कहिलेकाहीँ एक्लै लड्नुपर्छ । यो पहिलो चोटि होइन ।’ सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने निकट सांसद तथा नेताहरुले शुक्रवार प्रतिनिधि सभा बैठकमा सरकार जनताको समस्या र दुःखमा देखा नै नपरेर लापत्ता भएको निश्कर्षसिहितको आक्रोश पोखेपछि प्रधानमन्त्री बालेनले राती जवाफ स्वरुप एक्लो परेको गुनासो पोख्नुभएको हो ।
शुक्रवार सदनमा मनिष झा, ज्वाला संग्रौलादेखि रमेश प्रसाईसम्मका एक दर्जन रास्वपा सांसदले बालेन सरकारले जनतालाई दिएको दुःख देखेर आफ्नै बिगतको बोलीप्रति लाज लागेको बताउनु भएको थियो । सरकारले जनतालाई दुःख दिने, आतैकित पार्ने तर सेवा दिँदै नदिने आसयसहितको सांसदको आक्रोश पोखेकै दिन शाहले आफू एक्लो परेको भन्दै फेसबुकमा गुनासो पोख्नुभएको छ ।
‘केही समय लाग्छ, सही समय आउनलाई । ढिला होला, तर गलत हुँदैन । नआत्तिनुहोस् । सुनेको र देखेकोभन्दा वास्तविकता कहिलेकाहीँ फरक हुन सक्छ,’ प्रधानमन्त्री बालेनले भन्नुभएको छ, ‘कहिलेकाहीँ एक्लै लड्नुपर्छ। यो पहिलो चोटि होइन ।’
प्रधानमन्त्रीका रुपमा गत चैत १३ गते सिंहदरवार प्रवेश गरेपछि बालेनको पहिलो पटक यस्तो निरासा पोखिएको हो । सरकारको नेतृत्वकर्ताका रुपमा सचिवालयमा रहेका आफ्ना टीमसहित गृहमन्त्री सुधन गुरुङ र पूर्वाधार बिकासमन्त्री सुनिल लम्साल लगाएर सवैलाई तर्साउन सफल हुनुभएका प्रधानमन्त्री बालेनले शुक्रवार भने एक्लो भएको भन्दै फरक शैलीमा जवाफ दिनुभएको छ ।
उहाँको यो जवाफसँगै सत्तारुढ रास्वपाभित्र चरम शक्ति संघर्ष चलिरहेको र सभापति रवि र प्रधानमन्त्री बालेनको समुहबीच निकै ठूलो टसल रहेको प्रष्ट तथ्य खोलेको छ । केही दिनयता प्रधानमन्त्री शाह र गृहमन्त्री सुधनले सभापति रविसहित उहाँ निकट नेतामाथि निगरानी गरिरहेको सूचना बाहिर आएको बेला संसदमा रवि निकट सांसदले सरकारबिरुद्ध आगो ओकल्नु र राती प्रधानमन्त्रीबाट जवाफ आउनुले यो तथ्य छताछुल्ल भएको हो ।














प्रतिक्रिया दिनुहोस्