काठमाडौं, साउन २३ । पाकिस्तान, साउदी अरेबिया र टर्कीले एकअर्कालाई सघाउने सहमतिसहित महत्वूर्पर्ण संझौतापत्रमा हस्ताक्षर गरेका छन । साउदीमा आयोजित संयुक्त रक्षाका लागि मक्का अल–मुकाररमा शिखर सम्मेलन तीन राष्ट्रले हस्ताक्षर गरेका हुन ।
मक्का संयुक्त रक्षा सम्झौतामाले तीन देशको सामूहिक सुरक्षालाई अझ सुदृढ पार्ने, देशभित्र र बाहिरी शान्ति, सुरक्षा र स्थिरतालाई प्रवद्र्धन गर्ने साझा प्रतिबद्धतालाई प्रतिबिम्बित गर्दछ । तीनवटै देशले सुरक्षित र समृद्ध भविष्यको खोजीका लागि यो संझौता गरिएको बताएका छन ।
नेपालस्थित पाकिस्तानी दूतावासले जनाएअनुसार दुई पवित्र मस्जिदका संरक्षक राजा सलमान बिन अब्दुल अजीज अल साउदको निमन्त्रणामा टर्की गणराज्यका राष्ट्रपति रेसेप तैयप एर्दोगान र इस्लामिक गणराज्य पाकिस्तानका प्रधानमन्त्री शेहबाज शरीफले ७ अगस्ट २०२६ मा साउदी अरेबियाको भ्रमण गर्नुभएको थियो ।
सो क्रममा राजकुमार मोहम्मद बिन सलमान बिन अब्दुलअजीज अल साउद, युवराज र प्रधानमन्त्रीले टर्कीका राष्ट्रपतिलाई स्वागत गर्नुभएको थियो । सो अवसरमा पाकिस्तानका प्रधानमन्त्री शरीफले मक्काको अल–सफा दरबारमा संयुक्त रक्षाका लागि मक्का अल–मुकर्रमाह शिखर सम्मेलन आयोजना गर्नुभएको थियो ।
सम्मेलनका क्रममा साउदी अरेबिया राज्य, टर्की गणराज्य र इस्लामिक गणराज्य पाकिस्तान बीचको विशिष्ट सम्बन्धको समीक्षा गरिएको थियो, साथै पारस्परिक हितका धेरै मुद्दाहरू पनि छलफल गरिएको नेपालस्थित पाकिस्तानी दूतावासले जानकारी दिएको छ ।
दूतावासले जनाएअनुसार तीन राज्यहरू बीचको लामो समयदेखिको ऐतिहासिक सम्बन्ध, भाइचारा र इस्लामिक एकताको स्थायी बन्धनमा आधारित, जसले उनीहरूलाई एकताबद्ध गर्दछ । र उनीहरूको साझा रणनीतिक हित र लामो समयदेखिको रक्षा सहयोगको निर्माणमा आधारित, महामहिम राजकुमार मोहम्मद बिन सलमान बिन अब्दुलअजीज अल साउद, युवराज र साउदी अरेबियाका प्रधानमन्त्री, टर्की गणराज्यका राष्ट्रपति महामहिम रेसेप तैयप एर्दोगान र इस्लामिक गणराज्य पाकिस्तानका प्रधानमन्त्री महामहिम मोहम्मद शेहबाज शरीफले मक्का संयुक्त रक्षा सम्झौतामा हस्ताक्षर गर्नुभएको थियो ।
‘यो सम्झौताले कुनै पनि आक्रामक कार्य विरुद्ध सामूहिक प्रतिरोधलाई सुदृढ पार्ने उद्देश्य राखेको छ । यस्तै तीन राज्यहरू मध्ये कुनै एक विरुद्ध गरिएको कुनै पनि सशस्त्र आक्रमणलाई तिनीहरू सबै विरुद्धको आक्रमण मानिनेछ भनी उल्लेख गरेको छ । यसले तीन राज्यहरू बीच रक्षा सहयोगका सबै पक्षहरूको वृद्धिको लागि थप व्यवस्था गर्दछ,’ मक्का घोषणापत्रमा भनिएको छ ।
भिडभाड लुकाउन सिभिल अस्पतालमा फोटो–भिडियो खिच्न रोक
काठमाडौं । निजामती (सिभिल) अस्पताल प्रशासनले अस्पताल भित्रको भिडभाड, बिरामीको चाप र सेवा प्रवाहको फोटो तथा भिडियो खिच्न रोक लगाएको छ ।
बिहीबार बिहान करिब ११ बजे रिपोर्टिङका लागि पुगेका अनलाइनखबरकर्मीलाई अस्पतालका सुरक्षागार्डले फोटो÷भिडियो लिन नदिई खिचिसकेकोसमेत मेटाउन भने ।
अस्पताल परिसरमा बिरामीको चाप र सेवाको अवस्थाबारे दृश्य संकलन गर्न खोज्दा सुरक्षागार्डले हस्तक्षेप गर्दै फोटो तथा भिडियो खिच्न नपाइने बताएका थिए ।
पछिल्लो समय सामाजिक सञ्जालमा अस्पतालका भिडियो र तस्वीर भाइरल हुन थालेपछि प्रशासनले रोक लगाएको सुरक्षागार्डले बताए ।
‘अहिले भिडियो र फोटो लिएर टिकटक र सामाजिक सञ्जालमा हाल्न थाले । त्यसले अस्पतालको नकारात्मक सन्देश मात्रै गयो । त्यसैले फोटो र भिडियो गर्न दिएका छैनौं,’ ती सुरक्षागार्डले भने ।
अनलाइनखबरकर्मीले आफू सञ्चारमाध्यमबाट रिपोर्टिङका लागि आएको परिचय दिएपछि भने सुरक्षागार्डले प्रशासनबाट अनुमति लिएपछि मात्रै फोटो तथा भिडियो खिच्न सकिने जवाफ दिएका थिए ।
त्यसपछि अनलाइनखबरकर्मी सुरक्षागार्डसँगै प्रशासन भवनमा पुगेका थिए । त्यहाँ सम्बन्धित कर्मचारीहरूको मिटिङ भइरहेको भन्दै अनलाइनखबरकर्मीले प्रतिक्रिया लिन पाएनन् ।
बिरामी तथा सेवाग्राहीहरूले भने अस्पताल प्रशासनले आफ्नो गल्ती कमजोरी लुकाउने उद्देश्यले फोटो÷भिडियो खिच्न रोक लगाउने गरेको भन्दै असन्तुष्टि जनाए ।
पेटसम्बन्धी समस्या लिएर उपचारका लागि अस्पताल पुगेका बिक्रम तामाङले अस्पतालको भीड र अव्यवस्थाको तस्वीर सार्वजनिक हुन नदिन प्रशासनले कडाइ गरेको आरोप लगाए ।
‘भिडभाड बाहिर देखाउँदा अप्ठ्यारो पर्छ भनेर फोटो लिन नपाउने कस्तो नियम हो ? उनले प्रश्न गरे, ‘यो सामाजिक सञ्जालबाट बनेको सरकार हो । तर अहिले फोटो र भिडियो गर्न नदिएर सरकारले आफ्नै कमजोरी लुकाउन खोजिरहेको छ ।’
सरकारी अस्पतालहरूमा पछिल्लो समय बिरामीको अत्यधिक चाप, लामो लाइन, बेड अभाव र सेवा व्यवस्थापनको समस्या बारम्बार सार्वजनिक हुँदै आएका छन् । यिनै दृश्य सामाजिक सञ्जाल र सञ्चारमाध्यममार्फत बाहिरिएपछि आलोचना बढ्न थालेको छ । त्यसपछि केही सरकारी अस्पतालहरूले फोटो तथा भिडियो खिच्न मौखिक रूपमा रोक लगाउन थालेका छन् ।














प्रतिक्रिया दिनुहोस्