जनता टाइम्स

२३ श्रावण २०८३, शनिबार १५:२५

केपी ओलीकै लाइनमा उभिए गगन थापा, सुनाए ओलीकै बिचार सही रहेको निश्कर्ष


काठमाडौं, साउन २३ । नेपाली कांग्रेसका सभापति गगन थापा अन्ततः नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीकै बिचार सही रहेछ भन्ने निश्कर्षमा पुग्नुभएको छ ।

बिगतमा ओलीले आफ्नो अडान राख्दा कडा आलोचनासहित मैदानमै प्रतिकारमा उत्रनुभएका थापा पार्टीको नेतृत्व लिएर सभापतिको कार्यकाल सात महिना पूरा गर्न लाग्दै गर्दा ओलीकै लाइन सही भन्ने बिन्दुमा पुगेर आफ्नो निश्कर्ष कार्यकर्तामाझ राख्नुभएको हो ।

संयोग नै मान्नुपर्छ एमाले अध्यक्ष ओलीको निवास रहेको जिल्ला भक्तपुरबाट नै कांगेस सभापति थापाले केपी ओलीको लाइनतिर आफूलाई उभ्याउनु भएको हो । भक्तपुर कांग्रेसले आयोजना गरेको कार्यक्रममा थापाले केपी ओलीले ब्राण्डिङ गर्नुभएको ‘झोले’ पक्षमा आफूलाई उभ्याउँदै दमदार पक्षपोषण गर्नुभयो ।

कांग्रेस र एमालेका सत्ता सहकार्य भएर सरकारको नेतृत्वकर्ताको रुपमा ओलीले ‘म झोले हुँ’ भन्ने अभियान चलाउँदा थापाले कडा आपत्ति जनाउनुका साथै बिरुद्धमा आफूलाई उतार्नुभएको थियो । ‘मान्छे झोले हुनै नसक्ने थापाको तर्क थियो । तर अहिले भने ‘म कांग्रेसको झोले’ भन्नु पार्टीप्रतिको निष्ठा भन्न थाल्नुभएको हो । ओलीले पनि निष्ठालाई नै अघि सार्दै ब्याख्या गर्नुभएको थियो ।

ब्राण्डिङ गरेको भन्दै केपी ओलीमाथि खनिनुभएका थापा पार्टीको नेतृत्वमा पुगेपछि भने झोलेकै ब्राण्डिङमा लाग्नुभएको हो । थापाले सबैलाई गौरव लाग्ने कांग्रेस बनाउँने भन्दै कसैले कांग्रेसको झोले होस् भन्दा छाती पिटेर ‘हो म कांग्रेसको झोले हुँ भन्न सक्ने’ गर्विलो पार्टी बनाउने घोषणा गर्नुभयो ।

तात्कालिन प्रधानमन्त्री ओलीले पाटीृका झोले भन्ने आरोपको जवाफमा म एमालेको झोले हुँ भन्दै नेतादेखि कार्यकर्तासम्मलाई सामाजिक सञ्जालमा उतार्दा कडा बिरोधमा उत्रिनुभएको थियो । समयक्रमसँगै गगन अहिले भने गर्वका साथ म कांग्रेसको झोले हुँ भन्ने अवस्था बनाउँछौं भन्दै केपी ओलीको पथ नै सही रहेको निश्कर्ष सुनाउन थाल्नुभएको हो ।

थापाले भन्नुभएको छ, ‘गर्वका साथ भन्छू–म कांग्रेसको झोले हुँ, अव देशभरका सवै नेता कार्यकर्तालाई म कांग्रेसको झोले हुँ भनेर छाती पिटन सक्ने गर्विलो पार्टी बनाउँछौं ।’ थापाको यो घोषणाले केपी ओलीको ब्राण्ड झनै अघि बढेको छ ।