अमेरिका, साउन २४ । प्रवासी नेपाली मञ्च (ओएनएफ) अमेरिका माहादेश कमिटीको अध्यक्षमा यमुना भट्टराई निर्वाचित हुनुभएको छ ।
आइतवार सम्पन्न प्रथम अधिवेशनबाट टेक्सास निवासी नेतृ भट्टराई सर्वसम्मत रूपमा अध्यक्ष निर्वाचित हुनु भएको हो । अधिवेशननले उपाध्यक्षमा एकनारायण सुवेदी, सचिवमा पुर्ण खडका, उपसचिवमा केदार पहाडी चयन गरेको छ ।
यसैगरी सदस्यहरुमा क्षत्रकुमारी गुरूङ, कृष्ण भण्डारी, रेशम घर्ती, डम्बर थापा सिंजाली मगर, राज थापा, सुजित खड्का र भानु सापकोटा चयन हुनुभएको छ ।
नेकपा एमालेका नेता काशीनाथ अधिकारीको प्रमुख आतिथ्यतामा भएको अधिवेशनको उदघाटन शत्रमा एमाले केन्द्रीय सदस्य तथा ओएनएफका निवर्तमान अध्यक्ष सञ्जय थापा, प्रवासी नेपाली मञ्चका उपसचिव प्रभुराम थापा, सचिवालय सदस्य कुन्ती थापालगायतका नेताहरुले बदलिएको परिस्थितिमा ओएनएफको भूमिकाबारे सबिस्तार धारणा राख्नुभएको थियो ।





























प्रतिक्रिया दिनुहोस्