जनता टाइम्स

८ पुष २०७६, मंगलवार १०:१९

छोरा स्कुल पु¥याउन गएका बुबाको ट्रकको ठक्करबाट मृत्यु


काठमाडौं, पुष ८

काठमाण्डौको गुर्जुधारामा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । चन्द्रागिरि नगरपालिका ७ चेकपोस्टका ४१ वर्षीय अर्जुनबहादुर केसीको आज विहान ज्यान गएको हो ।

कलंकीमा रहेको एलआरआई स्कुलमा छोरालाई पुर्‍याउन प्रदेश ३–०२–००९ प ७६२१ नम्बरको मोटरसाइकलमा गईरहेका बेला नम्बर खुल्न नसकेको ट्रकले ठक्कर दिएको प्रहरीले जनाएको छ । मोटरसाइकलमै रहेका अर्जुनका छोराको अवस्था भने सामान्य रहेको र ठक्कर दिएर भागेको ट्रकको खोजी भइरहेको प्रहरीले जनाएको छ । सोमबार पनि काठमाण्डौमा बसको ठक्करबाट एकजना विद्यार्थीको ज्यान गएको थियो ।