जनता टाइम्स

८ पुष २०७६, मंगलवार १२:२२

सिरहामा ५ महिनामा ५८६७ नागरिकता वितरण, ३०२ जनाले पाए बैवाहिक अंगिकृत नागरिकता


शुभनारायण कामती/सिरहा । जिल्ला प्रशासन कार्यालय सिरहा चालु आर्थिक बर्ष २०७६/०७७ को ५ महिनामा ५ हजार ८ सय ६७ जनालाई नागरिकता वितरण गरिएको छ । जिल्ला प्रशासन कार्यालय सिरहाबाट आव ०७६/७७ को ५ महिना श्रावण देखि मंसिर सम्ममा महिनामा ५ हजार ८ सय ६७ नागरिकता वितरण गरिएको छ ।

त्यसमा बंशज ५ हजार ५ सय ६५ मध्ये २ हजार ६ सय २५ पुरुष र २ हजार ९ सय ४० महिला रहेका छन । यस्तै वैवाहीक अंगिकृत ३ सय २ जनालाई नागरिकता वितरण गरिएको जिल्ला प्रशासन कार्यालय सिरहाका प्रशासकिय अधिकृत तथा सूचना अधिकारी कमल आर्चायले बताउनु भयो । गत आव २०७५/०७६ मा १५ हजार ९ सय १० मध्ये ६ हजार ५ सय ४१ पुरुष ८ हजार ६ सय ४ महिला र वैवाहिक अंगिकृत ७ सय २९ नागरिकता वितरण गरिएकोमा गत आवको ५ महिना श्रावण देखि मंसिर सम्ममा ४ हजार ७ सय ५९ नागरिकता वितरण भएको थियो ।

त्यसमध्ये २ हजार ३ सय ४९ पुरुष २ हजार २ सय ६ महिला २ सय ४ वैवाहिक अंगिकृत वितरण गरिएको थियो ।
यसरी हेर्दा गत वर्षको भन्दा चालु आर्थिक वर्षमा बढी संख्यामा नागरिकता वितरण भएको हो ।