जनता टाइम्स

२६ श्रावण २०८३, मंगलवार १२:३३

काम गर्ने केपी-प्रचण्ड र सुशिला : जस लिनेचाँहि केही नगर्ने बालेन !


काठमाडौं, साउन २६ । खराव शासकहरु सत्यलाई दवाउन कतिसम्म बदमासी गर्छन भन्ने उदाहरण प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) आफै बन्नुभएको तथ्य उजागर भएको छ । प्रधानमन्त्री बालेनले आफ्नो मेहनतका कारण नेपाल औषधी लिमिटेड नाफामा गएको भन्दै सार्वजनिक गर्नुभएको चार महिने प्रगति बिवरणले नै यो तथ्य उजागर गरेको हो ।

प्रधानमन्त्री शाहले शनिवार सो विरण सार्वजनिक गर्नुभएको छ । प्रधानमन्त्रीले सार्वजनिक गर्नुभएको बिवरणमा भनिएको छ, ‘नेपाल औषधी लिमिटेड गत आर्थिक बर्षदेखि पूर्णरुपमा उद्योग सञ्चालन भई तीन करोड नाफा कमाउन सफल भएको छ ।’ प्रधानमन्त्रीले फेसबुकमार्फत सार्वजनिक गर्नुभएको यो तथ्यलाई प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार वेन नेतृत्वको फेकन्यूज कारखानामार्फत ब्यापक बनाइएको छ ।

रास्वपाका बालेन निकट सांसदहरु यही कुरालाई वाहावाही गरिरहेका छन । तर तथ्यले नै यो काम बालेनको पालामा नभई तात्कालिन प्रधानमन्त्री केपी शर्मा ओली र सुशिला कार्कीको पालामा भएको देखाउँछ । नेपाल औषधी लिमिटेडको उद्योग गत आर्थिक बर्षदेखि पूर्णसञ्चालनमा आएकोले नाफा भयो भनेको २०८२ साउन १ गतेदेखि उद्योग पूर्णरुपमा सञ्चालनमा आयो । त्यसबेला बालेन काठमाडौं महानगरपालिकाका मेयर पदमा कार्यरत हुनुहुन्थ्यो भने प्रधानमन्त्रीका रुपमा नेकपा एमालेका अध्यक्ष केपी स्वास्थ्यमन्त्रीका रुपमा कांग्रेस महामन्त्री प्रदीप पौडेल हुनुहुन्थ्यो ।

ओली र पौडेलको पालामा उद्योग पूर्णरुपमा सञ्चालनमा आयो, त्यसपछि भदौ २३ को आततायी घटनापछि बनेको सुशिला कार्की नेतृत्वको सरकारले पनि यो कामलाई प्राथमकितामा राख्यो । जसको कारण औषधी लिमिटेड नाफामा गयो तर साउनमा बिवरण सार्वजनिक गर्दै चैत १३ गते आएका र केही नगरेका प्रधानमन्त्रीले जस लिनुभयो ।

त्यसो त प्रधानमन्त्री बालेन एल्गोरिदमको फेक न्यूज कारखाना चलाएर अरुले गरेको राम्रो कामको जस लिने, आफूले गरेको खराव कामको अपजस पनि अरुतिरै हाल्नेमा माहिर हुनुहुन्छ । यही काममा लागि प्रमुख सल्लाहकारका रुपमा कुमार वेन राखिएको छ । वेन कलबाइपासदेखि फेक न्यूज कारखानामा हिटलरका सञ्चारमन्त्री गोयबल्सकै फोटोकपी हुन ।

चैत १३ मा प्रधानमन्त्री बनेपछि बालेले सुकुम्वासी बस्तीमा डोजर चलाएरु घर भत्काउनु भयो । चार जना नागरिकलाई प्राण त्याग्न बाध्य बनाउनु भयो । आत्मदाहको घटनामा बढोत्तरी गराउनु भयो । नेपाल औषधी लिमिटेडका पदाधिकारीदेखि नुसन्धानकर्तालाई भेटसमेत दिनुभएन । तर अरुले गरेको कामको जसचाँहि आफै लिन अग्रसर भएर फेसबुकमा सार्वजनिक गर्नुभएको हो ।

केही काम नै नगरे पनि राम्रो कामको जस लिन आफैले सामाजिक सञ्जाल फेसबुकमार्फत उपलब्धी भन्दै सार्वजनिक गर्ने र सोही कुरालाई वाहावाही गर्ने प्रचारक समुहको कामले यस्तो तथ्यलाई थप उजागर गरेको हो । प्रधानमन्त्री प्रख्यात रहेको उखान गर्ने भन्ने हनुमान पाऊ पुज्ने ढेडुलाई चरितार्थ गरेको छ ।

औषधी लिमिटेडकै एक कर्मचारीले जनताटाइम्स डटकमसँग भने, ‘यो त अति नै बेइमानी हो । अरुले काम गर्ने, आफूले जस लिने कुरा देश बनाउने नेताले गर्दैनन । तर देश बनाउँछु भन्ने प्रधानमन्त्री बालेनले भेटसमेत नदिने अघिल्लो सरकारको पालामा भएको कामको जस लिएर प्रचारमा रमाउने मात्रै देखियो ।’

यस्तै अन्य प्रगति बिवरण पनि अरुले गरेको कामकै जस देखिएको छ । ओली सरकारभन्दा अघि प्रचण्ड नेतृत्वको सरकार रहेको बेला पनि यस्को पुर्वाधार बनेको हो । केपी, प्रचण्डदेखि सुशिला कार्कीहुँदै बालेन सरकारमा अइपुग्दा काम अघिल्ला सरकारले गर्ने, उपलब्धी बालेनले देखाउने बनेको छ ।

बालेनको यो शैलीप्रति औषधी लिमिटेडकै एक कर्मचारी ब्यंग्य गर्छन । एक कर्मचारीले जनताटाइम्स डटकमसँग भने, ‘यो त अति नै बेइमानी हो । अरुले काम गर्ने, आफूले जस लिने कुरा देश बनाउने नेताले गर्दैनन । तर देश बनाउँछु भन्ने प्रधानमन्त्री बालेनले भेटसमेत नदिने अघिल्लो सरकारको पालामा भएको कामको जस लिएर प्रचारमा रमाउने मात्रै देखियो ।’

उनले कुनै दिन मैले गर्दा पानी पर्यो भन्न पनि पछि नहटने शैली यस घटनाबाट उजागर गरेको भन्दै ब्यंग्य गरे ।