काठमाडौं, साउन २७ । पोर्चुगिज फुटबल स्टार क्रिस्टियानो रोनाल्डोले लामो समयदेखिको प्रेम सम्बन्धलाई विवाहमा परिणत गर्नुभएको छ।
४१ वर्षीय रोनाल्डो र उहाँकी ३२ वर्षीया प्रेमिका जर्जिना रोड्रिगेजले मंगलबार पोर्चुगलको कास्काइसमा निजी तथा नागरिक समारोहबीच विवाह गर्नुभएको हो।
रोनाल्डोको व्यवस्थापन पक्षका अनुसार विवाह समारोह पारिवारिक तथा निकै निजी रूपमा आयोजना गरिएको थियो। समारोहमा उहाँहरूका पाँचै सन्तानको समेत उपस्थिति रहेको थियो।
रोनाल्डो र रोड्रिगेजका चार सन्तान छन् भने रोनाल्डोका अघिल्लो सम्बन्धबाट एक छोरा छन्। उनीहरूका जुम्ल्याहा सन्तान इभा मारिया र माटेओ ९ वर्षका, छोरी अलाना ८ वर्षकी र छोरी बेला ४ वर्षकी छन्।
त्यस्तै, रोनाल्डो जुनियर १६ वर्षका छन्।
विवाहपछि रोनाल्डोले सामाजिक सञ्जालमा आफू र रोड्रिगेजले विवाहको औँठी लगाएका हातको तस्वीर सार्वजनिक गर्दै ‘सी लभ जी’ लेख्नुभएको छ।














प्रतिक्रिया दिनुहोस्