जनकपुरधाम, साउन २७ । धनुषा जिल्ला अदालतको मुख्य गेट अगाडि प्रहरीकै अगाडि एक महिलाले आत्मदाहको प्रयास गरेकी छन् ।
जनकपुरधाम उपमहानगरपालिका-३ की करिब ५५ वर्षीया फूलकुमारी रजकले बुधबार बिहान आफ्नै शरीरमा पेट्रोल खन्याएर आत्मदाहको प्रयाश गर्नुभएको हो ।
मिटरब्याजी हरेराम साह र गोपाल साहको थुनछेक बहस चलिरहँदा पीडितहरू प्रदर्शनमा उत्रिएका थिए । सोही क्रममा अदालतको मुख्य गेट अगाडि पुगेर साहलाई कारबाही हुनुपर्ने माग राख्दै फूलकुमारीले आत्मदाहको प्रयास गर्नुभएको हो ।
शरीरमा पेट्रोल छर्किसकेको अवस्थामा प्रहरी निरीक्षक अरविन्द साह नेतृत्वको टोलीले तत्काल उद्धार गरेको प्रहरीले जनाएको छ । घटनापछि अदालत परिसरको सुरक्षा व्यवस्था थप कडा पारिएको छ ।














प्रतिक्रिया दिनुहोस्