काठमाडौं, साउन २७ । सत्ता समीकरण फेरिएसँगै नेपाली कांग्रेस कोशी प्रदेश सरकारबाट बाहिरिएको छ। बुधबार कांग्रेसबाट प्रदेश सरकारमा सहभागी मन्त्रीहरूले राजीनामा दिनुभएको कांग्रेस नेता तथा पर्यटन, वन तथा वातावरणमन्त्री भीम पराजुलीले जानकारी दिनुभएको छ।
नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बीच नयाँ सत्ता समीकरण बनेपछि कांग्रेसबाट सरकारमा सहभागी मन्त्रीहरूलाई राजीनामा दिन दबाब परेको थियो। सोहीअनुसार कांग्रेसका मन्त्रीहरूले बुधबार राजीनामा दिनुभएको हो।
कोशी प्रदेश सरकारमा कांग्रेसका तर्फबाट भौतिक पूर्वाधार विकासमन्त्री प्रदीप सुनुवार, स्वास्थ्यमन्त्री मानबहादुर लिम्बू, उद्योग, कृषि तथा सहकारीमन्त्री इस्राइल मन्सुरी, पर्यटन, वन तथा वातावरणमन्त्री भीम पराजुली र भौतिक पूर्वाधार विकास राज्यमन्त्री शोभा चेम्जोङ सहभागी हुनुहुन्थ्यो।
कांग्रेस सरकारबाट बाहिरिएपछि अब नेपाली कम्युनिष्ट पार्टी (नेकपा) सरकारमा सहभागी हुने भएको छ। नयाँ सत्ता समीकरणअनुसार प्रदेश सरकारको संरचना तथा जिम्मेवारीसमेत पुनः बाँडफाँट हुने छ।














प्रतिक्रिया दिनुहोस्