काठमाडौं, साउन २८ । पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा साढे ५ महिना लामो विदेश बसाइपछि स्वदेश फर्कनुभएको छ । देउवालाई बिहीवार त्रिभूवन विमानस्थलमा कांग्रेसको इतर पक्षका समर्थकले भब्य स्वागत गरेका छन ।
देउवाको आगमनमा इतर पक्षका नेता–कार्यकर्ता उल्लेख्य संख्यामा विमानस्थल पुगेका थिए । बिशेष महाधिवेशनबाट सभापति हुनुभएका गगन थापा नेतृत्वको कांग्रेसका नेताहरू समेत बिमानस्थलमा देखिएका छन । विमानस्थलमा स्वागत पश्चात देउवाको ‘रोड शो’ सुरू भयो । देउवाले कारको सनरुफबाट आधा जीउ निकालेर समर्थकलाई हात हल्लाउँदै विमानस्थलबाट प्रस्थान गर्नुभयो । उहाँलाई सयौँ कार्यकर्ताले जय नेपाल भन्दै पछ्याएका थिए ।

देउवालाई कार्यकर्ताले स्कर्टिङ गरेर महाराजगञ्जस्थित उहाँको अस्थाइ निवास पुर्याएका छन । देउवा स्वदेश आगमन हुँदा बिमानस्थलमा देखिएको यो दृष्यले देउवा कमजोर छैनन भन्ने सन्देश प्रवाह गरेको छ । स्वदेश फर्कन साथ देउवाले सरकारले राजनीतिक पूर्वाग्रह साँध्ने हो भने मुलुकको हित नहुन प्रष्ट बटमलाइन सुनाउनु भएको छ ।
वर्तमान सरकारले जनताको मतलाई कदर गर्नुपर्ने भन्दै देउवाले पूर्वाग्रह नेपाली राजनीति र लोकतन्त्रको हिस्सता हुनै नसक्ने बताउनु भयो । देउवाले अपिल पत्र जारी गर्दै परिवर्तन सजिलो हुँदैन भन्नेकुरा आफूले राम्रोसँग जानेको तथ्य पनि सुनाउनु भएको छ ।













प्रतिक्रिया दिनुहोस्