जनता टाइम्स

२८ श्रावण २०८३, बिहीबार १५:४३

पत्रकार पक्राउको बिरोधमा उभिन सकेन प्रेस काउन्सिल, निकाल्यो गोलमटोल बिज्ञप्ति


काठमाडौं, साउन २८ । प्रेस काउन्सिल नेपालले आस्था मिडियाका अध्यक्ष तथा जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठको गिरफ्तारीका सन्दर्भमा सञ्चारजगतको नियमनकारी निकाय प्रेस काउन्सिलले गोलमटोल बिज्ञप्ति निकालेको छ ।

उन्सिलले पक्राउको बिपक्षमा स्पष्ट उभिन नसकी विज्ञप्तिमा पत्रकारको पक्राउबारे काउन्सिलको स्पष्ट धारणा लुकाएको छ ।काउन्सिलले सञ्चार माध्यमको कार्यालयमा भएको प्रहरी हस्तक्षेपप्रति गम्भीर ध्यानाकर्षण भएको बताएको छ । तर, विज्ञप्तिमा पक्राउको विरोध गरिएको छैन, बरु घुमाउरो भाषामा पत्रकारलाई कानूनभन्दा बाहिर गएर आतंककारी शैलीमा पक्राउ गर्ने सरकारी कदमको पक्षपोषण गरिएको छ ।

‘श्रेष्ठलाई २०८३ साउन २७ गते बुधबार राति पकाउ गरी उहाँको निजी निवास खानतलासी भएको र आज बिहानै उक्त सञ्चार माध्यमको कार्यालयमा हातहतियारसहित प्रवेश गरी कम्प्युटरलगायत सामग्री जफत गरिएको घटनाप्रति प्रेस काउन्सिल नेपालको गम्भीर ध्यानाकर्षण भएको छ,’ विज्ञप्तिमा भनिएको छ ।

काउन्सिलले प्रेस स्वतन्त्रताको सदुपयोग र सम्मान हुनुपर्ने भनेको छ तर बिरोध गर्न डराएको छ । ‘काउन्सिल सञ्चारकर्मको क्रममा पत्रकाररसञ्चारकर्मीद्वारा प्रस्तुत कार्यशैली, व्यवहार तथा पेशागत मर्यादा एवं आचरणप्रति उत्तिकै चिन्तित छ ।

प्रेस स्वतन्त्रताको प्रयोग गर्ने नाममा हुन सक्ने स्वच्छन्दतातर्फ सबै पत्रकाररसञ्चारकर्मी सचेत हुनैपर्छ । सत्य, तथ्य र सन्तुलित एवं विश्वसनीय पत्रकारिताको माध्यमबाट यसको व्यावसायिक अभ्यासलाई उच्च पेशागत, मर्यादित, जवाफदेही एवं उत्तरदायी बनाउँदै प्रेस स्वतन्त्रताको दुरुपयोग हुन नदिनेतर्फ सजगता अपनाउनैपर्छ,’ विज्ञप्तिमा भनिएको छ ।

काउन्सिलले कुनै पनि सञ्चार माध्यममा प्रकाशित वा प्रसारित समाचारको विषयमा चित्त नबुझेमा कानुनी उपचार खोज्ने थलो प्रेस काउन्सिल नै भएको स्मरण गराएको छ । ‘कुनै समाचारको विषयमा चित्त नबुझे काउन्सिलमा उजुरी दिन सरोकारवाला सबै पक्षमा विनम्र अनुरोध गर्दछौँ,’ प्रवक्ता दीपक खनालद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।