जनता टाइम्स

२९ श्रावण २०८३, शुक्रबार १५:२२

प्रभु बैंकले ल्यायो आकर्षक सुविधासहित घरकर्जा र सवारी साधनकर्जा योजना, यस्ता छन ग्राहकलाई फाइदा


काठमाडौं, साउन २९ । प्रभु बैंकले आकर्षक सुविधासहित घर कर्जा र सवारीसाधन कर्जा योजना सार्वजनिक गरेको छ । बैंकले प्रेस बिज्ञप्तिमार्फत दुई वटा कर्जा योजना सार्वजनिक गरेको जानकारी दिएको हो ।

विगत झै यस वर्ष पनि सरोकारवाला सम्पुर्ण महानुभावहरुलाई लक्षित गर्दै ग्राहकको वित्तीय आवश्यकता सहज, सरल र किफायती रूपमा पूरा गर्ने उद्देश्यसहित आकर्षक घरकर्जा (Home Loan) तथा सवारी साधनकर्जा (Auto Loan) योजना सार्वजनिक गरेको जानकारी गरेको प्रभु बैंकले जनाएको छ ।

यस योजना अन्तर्गत घरकर्जा (Home Loan) का लागि अधिकतम सिमा ३ करोड रुपैयाँ सम्मका लागि कर्जाको अवधि अधिकतम २५ वर्षसम्म रहनेगरी कर्जाको सेवा शुल्क मात्र ०.५० प्रतिशत तथा ब्याजदर औसत आधार दर (Average Base Rate) मा थप ०.५० प्रतिशत प्रतिवर्ष मात्र कायम गरिएको छ । बैंकका अनुसार यस सुविधा देशभरीका ३०० वटा शाखामार्फत उपलव्ध गराईने छ । यस योजना अन्र्तगतघर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मर्मत साथै घर निर्माण गर्ने प्रयोजनका लागि जग्गा खरिद गर्न चाहने ग्राहकहरूलाई सहज र सरल रुपमा वित्तीय पहुँच उपलब्ध गराईने प्रतिवद्धता पनि बैंकले जनाएको छ ।

त्यसैगरी, बैंकले सवारी साधनकर्जा योजना (Auto Loan) अन्तर्गत व्यक्तिगत प्रयोजनका लागि सवारी साधन खरिद गर्न अधिकतम ७ वर्षसम्मको कर्जा सुविधा सार्वजनिक गरेको छ । यस योजनामा पनि सेवा शुल्क मात्र ०.५ प्रतिशत तथा ब्याजदर औसत आधार दर (Average Base Rate) मा थप ०.५० प्रतितश प्रतिवर्ष मात्र कायम गरिएको बैंकले जारी गरेको बिज्ञप्तिमा जनाइएको छ । साथै कर्जाका लागि सम्पुर्ण कागजात पेश गरिएको दुई कार्यदिनमा नै डेलिभरी अडर्र (DO) उपलव्ध हुनेछ । जसले ग्राहकहरूलाई आकर्षक दरमा सवारी साधन खरिद गर्ने सहज अवसर प्रदान गर्दछ ।

प्रभु बैंकले आफ्ना ग्राहकहरूलाई छिटो, सरल तथा पारदर्शी कर्जा प्रक्रिया, गुणस्तरीय सेवा तथा विश्वसनीय बैंकिङ अनुभव प्रदान गर्न निरन्तर प्रयासरत रहेको छ । यो योजना बैंकका सम्पूर्ण शाखामार्फत प्राप्त गर्न सकिने भन्दै मौकाको फाइदा उठाउन अपिलसमेत गरेको छ । घर कर्जा (Home lone) तथा सवारी साधनकर्जा (Auto lone) योजनाबारे थप जानकारीका लागि नजिकको प्रभु बैंक शाखामा सम्पर्क गर्न अनुरोध गरेको छ ।

प्रभु बैंकले विगत दुई दशकदेखि आफ्ना ग्राहकहरुको सेवा सुविधाहरुलाई मध्यनजर गर्दै देशभरीका ३ सय शाखा तथा ६६ होमलोन एक्सटेन्सन काउन्टर मार्फत विभिन्न सेवा सुविधाहरु दिदै आईरहेको छ ।