जनता टाइम्स

८ पुष २०७६, मंगलवार १६:३१

डडेल्धुरा दुर्घटनामा एक जनाको मृत्यु, एक जना घाइते


डडेल्धुरा, पुस ८ गते । डडेल्धुरामा आज दिउँसो भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ । अर्का एक जना घाइते छन् ।

दुर्घटनामा परी जिल्लाको अमरगढी नरपालिका वडा नं. ११ बस्ने बर्ष २० को भरत बोहराको ज्यान गएको हो । गन्यापधुरा वडा नं. ३ बस्ने बर्ष १९ को महेश ठगुन्ना गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरीका अनुसार घाइते ठगुन्नालाई थप उपचारका लागि कैलाली जिल्लाको धनगढी पठाइएको छ ।

कञ्चनपुर जिल्लाबाट बझाङ्ग तर्फ आउदै गरेको ना.७ ख ६५२२ नम्बरको यात्रुवाहक बस डडेल्धुरा अमरगढी नगरपालिका वडा नं. २ चालिसे भन्ने स्थानमा दिउँसो १ बजे विपरित दिशातर्फ गइरहेको से. ४ प ५८८० नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको हो ।

दुर्घटनामा परी मोटरसाइकलमा पछाडी सवार बोहराको घटनास्थलमै मृत्यु भएको र मोटरसाइकल चालक घाइते भएको प्रहरीले जनाएको छ ।