काठमाडौं, साउन ३१ । आइतबार नेपाली बजारमा सुन–चाँदीको मूल्य बढेको छ। बिहीबार तोलामा चार हजार ६ सय रूपैयाँ घटेको सुनको भाउ आइतवार प्रतितोला तीन हजार ६ सय रूपैयाँ बढेको हो।
आज सुन प्रतितोला तीन लाख पाँच हजार दुई सय रूपैयाँमा किनबेच भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। शुक्रबार सुन प्रतितोला तीन लाख एक हजार ६ सय रूपैयाँमा कारोबार भएको थियो।
यस्तै, आइतबार चाँदीको मूल्य पनि बढेको छ। शुक्रबार तोलामा चार हजार ६ सय ६० रूपैयाँमा कारोबार भएको चाँदी शुक्रबार चार हजार ७ सय १० रूपैयाँमा कारोबार भइरहेको छ।
यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ५० रूपैयाँ बढेको हो। अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस चार हजार तीन सय ७७ अमेरिकी डलरमा कारोबार भइरहेको छ।













प्रतिक्रिया दिनुहोस्