बैंकहरूले सार्वजनिक गरेको नयाँ ब्याजदरअनुसार व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर औषतमा ४.१३ प्रतिशत विन्दुमा झरेको छ । साउनमा यस्तो ब्याजदर ४.१६ प्रतिशत विन्दुमा थियो
काठमाडौं, साउन ३१ । सञ्चालनमा रहेका वाणिज्य बैंकहरूले भदौ महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । बैंकहरूले सार्वजनिक गरेको बिवरणअनुसार साउन महिनाको तुलनामा भदौमा वाणिज्य बैंकहरूको औषत ब्याजदर घटेको छ ।
बैंकहरूले सार्वजनिक गरेको नयाँ ब्याजदरअनुसार व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर औषतमा ४.१३ प्रतिशत विन्दुमा झरेको छ । साउन महिनामा यस्तो ब्याजदर ४.१६ प्रतिशत विन्दुमा रहेको थियो । यस्तै संस्थागत मुद्दती निक्षेपको ब्याजदर पनि घटेको छ । जसअनुसार साउनमा ३.११ प्रतिशत रहेको यस्तो ब्याजदर भदौमा ३.०८ विन्दुमा कायम भएको छ ।
सार्वजनिक बिवरणअनुसार सञ्चालनमा रहेका २० वाणिज्य बैंकमध्ये ५ वटा बैंकले ब्याजदर घटाएका छन् । ब्याजदर घटाउने बैंकहरूमा सिद्धार्थ बैंक, नेपाल बैंक, सिटिजन्स बैंक, कुमारी बैंक र स्ट्याण्डर्ड चार्टर्ड बैंक रहेका छन् । अन्य १५ बैंकहरूले भने साउनकै ब्याजदरलाई निरन्तरता दिएका छन् ।
सार्वजनिक भएको विवरणअनुसार ग्लोबल आइएमई बैंकले ब्याजदरमा ब्यक्तिगततर्फ ४ प्रतिशत र संस्थागततर्फ २.ं७५ प्रतिशत रहेको छ । यस्तै नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ब्यक्तिगततर्फ ४ं.५ प्रतिशत र सस्थागततर्फ ३.५ प्रतिशत कायम गरेको छ भने हिमालयन बैंकको ब्यक्तिगततर्फ ४ र संस्थागततर्फ ३.५ प्रतिशत रहेको छ ।
यसैगरी माछापुच्छ्रे बैंकको ब्यक्तिगततर्फ ४.५ प्रतिशत र संस्थागततर्फ ३ प्रतिशत, नविल बैंकले ब्यक्तिगततर्फ ४.५५ प्रतिशत र संस्थागततर्फ ३.०१ प्रतिशत, एनएमबि बैंकले ब्यक्तिगततर्फ ४.५ प्रतिशत र संस्थागततर्फ ३.५ प्रतिशत ब्याजदर कायम गरेको छ । यस्तै एभरेष्ट बैंकले ब्यक्तिगततर्फ ४.०५ प्रतिशत र संस्थागततर्फ ३.०५ प्रतिशत, कृषि बिकाश बैंकले ब्यक्तिगततर्फ ४.१५ प्रतिशत र संस्थागततर्फ २.७५ प्रतिशत, प्रभु बैंकले ब्यक्तिगततर्फ ४.५५ प्रतिशत र संस्थागततर्फ २.७५ प्रतिशत कायम गरेको छ ।

यस्तै कुमारी बैंकले ब्यक्तिगततर्फ ३.८५ प्रतिशत र संस्थागततर्फ ३.०१ प्रतिशत, स्ट्याण्डर्ड चार्र्टर्ड बैंकको ब्याजदर ब्यक्तिगततर्फ ३.८५ प्रतिशत र संस्थागततर्फ २.७५ प्रतिशत, सिटिजन्स बैंकले ब्यक्तिगततर्फ ३.९५ प्रतिशत र संस्थागततर्फ ३ प्रतिशत, प्राइम कमर्सियल बैंकले ब्यक्तिगततर्फ ४ प्रतिशत र संस्थागततर्फ २.७५ प्रतिशत, नेपाल एसबिआई बैंकले ब्यक्तिगततर्फ ४.१ प्रतिशत र संस्थागततर्फ २.७५ प्रतिशत, लक्ष्मी सनराईज बैंकले ब्यक्तिगततर्फ ४ प्रतिशत र संस्थागततर्फ ३.२५ प्रतिशत ब्याजदर कायम गरेका छन ।
यसैगरी सिद्धार्थ बैंकले ब्यक्तिगततर्फ ४.०५ प्रतिशत र संस्थागततर्फ ३.२५ प्रतिशत, सानिमा बैंकले ब्यक्तिगततर्फ ४.५ प्रतिशत र संस्थागततर्फ ३.३ प्रतिशत, राष्ट्रिय बाणिज्य बैंकले ब्यक्तिगततर्फ ४ प्रतिशत र संस्थागततर्फ ३ प्रतिशत, नेपाल बैंकले ब्यक्तिगततर्फ ४.२५ प्रतिशत र संस्थागततर्फ ४ प्रतिशत, एनआइसी एशिया बैंकले ब्यक्तिगततर्फ ४ प्रतिशत र संस्थागततर्फ ३ प्रतिशत ब्याजदर कायम गरेको छ ।
कुन बैंकमा कति पाइन्छ ब्याज ? पढनोस सूची














प्रतिक्रिया दिनुहोस्