जनता टाइम्स

१ भाद्र २०८३, सोमबार ०८:४२

जाजरकोटमा औषधि व्यवसायीको मृत्यु, पाँचजना पक्राउ


काठमाडौं, १ भदौ । जाजरकोटमा कुटपिटबाट घाइते भएका औषधि व्यवसायीको उपचारका क्रममा मृत्यु भएको छ। भेरी नगरपालिका–११ जगतीपुरका ३२ वर्षीय दीपककुमार थापाको साउन २८ गते मृत्यु भएको हो।

साउन २५ गते राति भेरी नगरपालिका–१० नुवागाउँमा भएको कुटपिट घटनामा संलग्न आरोपमा प्रहरीले पाँचजनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा वीरेन्द्र खत्री, नीरज रोकाय, शिशिर योगी गोसाईं, लक्ष्मण रोकाय र विनोद गोसाईं छन्।

पक्राउ परेकामाथि कर्तव्य ज्यानसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ। अदालतबाट म्याद थप गरी घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।